प्रेस युनियनका सचिव सापकोटाद्वारा बुबाको स्मृतिमा अक्षयकोष स्थापना

प्रेस युनियनका सचिव सापकोटाद्वारा बुबाको स्मृतिमा अक्षयकोष स्थापना

42926840_165203851050785_4718490945861976064_n

पोखरा, १६ असोज । पोखरा–२५ हेमजाका देविलाल (कलाधर)सापकोटाको स्मृतिमा देविलाल स्मृति अक्षयकोष स्थापना गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लालिगुराँसको गभर्नस क्लब भिजिट तथा सम्मान कार्यक्रममा स्वर्गीय देविलाल सापकोटाका परिवारले अक्षयकोष स्थापना गरेका हुन् ।

स्वर्गीय देविलाल सापकोटाका परिवार श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । प्रकाश प्रेस युनियन कास्कीका सचिव एवं नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य पनि हुन् ।

लायन्स क्लब अफ पोखरा लालिगुराँसले सञ्चालन गर्ने अक्षयकोषबाट प्रत्यक वर्ष प्राप्त व्याजले एक जना समाजसेवीलाई सम्मान गरिने छ । पुरस्कारको राशि नगद १० हजार सम्मान पत्र र दोसल्ला रहने छ ।

अक्षयकोषको रकम स्वर्गीय देविलालकी श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारी तथा कोषाध्यक्ष ऋषिराम पौडेललाई हस्तान्तरण गरेका थिए ।

वुवाको सम्झना प्रत्यक वर्ष एक जना समाजसेवीलाई सम्मान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छोरा प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

‘वुवाले आफ्नो पुरै समय समाजिक क्षेत्रमा नै बिताएकाले सामाजिक क्षेत्रमा काम गरेकालाइ प्रोत्साहन गर्ने गरी सम्मान गर्न यो अक्षयकोष स्थापना गरेका हौं, पत्रकार समेत रहेका छोरा प्रकाशले भने,‘जो निस्वार्थ सामाजिक क्षेत्रमा कटिवद्ध भएर काम गरेको छ त्यस्ता व्यक्तिलाई यो अक्षयकोषको व्याजबाट प्राप्त रकमले सम्मानित गरिने छ ।’ अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने छोरा प्रकाशले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ वि वान वर्ष २०१८–१९ का डिष्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठले अक्षयकोषले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पे्ररित गर्ने बताए ।

‘लायन्स क्लब पनि सामाजिक क्षेत्रमा नै काम गर्ने संस्था भएकोले यो अक्षयकोषको उद्देश्य पनि क्लब सँग मेल खान गएको छ’,श्रेष्ठले भने,‘ निस्वार्थ सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने जुन उद्देश्य अक्षयकोष स्थापना गर्नु भएको छ उहाँहरुलाई म डिष्ट्रिकको तर्फबाट आभार व्यक्त गर्दछु ।’

आफ्नो कार्यकालको पहिलो क्लब भिजिट कार्यक्रम नै लायन्स क्लब अफ पोखरा लालिगुराँसबाट भएको बताउदै क्लबले गरेको काम सराहनिय रहेको उल्लेख गरे ।

कार्यक्रममा क्लबका स्थायी सदस्यलाई स्थायी सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुराँसका संस्थापक अध्यक्षत तथा डिष्ट्रिकका कमिटि चियर पर्सन केशवशरण पौडेलले क्लबको स्थापनाकाल देखिका गतिविधिका वारेमा जनकारी गराएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष धर्मराज भण्डारी, सचिव कपिलदेव शर्मा, कोषाध्यक्ष ऋषिराम पौडेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कमिटी सेक्रटरी राम वसेल, चिफ एडभाइजर धु्रव श्रेष्ठ, सिनियर एडभाइजर एकनारण शर्मा, रिजन चियर पर्सन मोतिराज तिमिल्सिना, जोन चियर पर्सन लक्ष्मी बरालले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष मिनराज तिमिल्सिनाले स्वागत तथा द्धितीय उपाध्यक्ष भरतराज अधिकारी र सचिव कपिलदेव शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
04 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 04 Sep 2025 00:20 UTC
Latest change: 03 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.92
Indian Rupee 
Indian Rupee
88.03
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.65
US Dollar 
US Dollar
1
04 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 04 Sep 2025 00:20 UTC
Latest change: 03 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀