पोखरा ४, असोज । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को फाइनल राउण्डमा १९ जना प्रतिस्पर्धी प्रवेश गरेका छन् ।
एप्पल इन्टरनेशनल एजुकेशनको टाइटल स्पोन्सर र सिजी ब्रुअरीको मुख्य प्रायोजनामा हुन लागेको उक्त कार्यक्रमको फाइनल कार्यक्रम यही असोज १३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रम संयोजक ज्ञानु तामाङ्गले बताईन् ।
नारीभित्र लुकि बसेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूको व्यक्तित्व नेतृत्व विकास गर्नुका साथै लोपन्मुख संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएकोले अन्य कार्यक्रम भन्दा पृथक रहेको पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले जानकारी दिईन् ।
कार्यक्रमको बिजेताले भिजी अटो मोवाईलले प्रदान गर्ने सुजुकी स्कुटर प्राप्त गर्ने र उप बिजेताले सिजी ब्राण्डको टिभी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको बिशिष्ट प्रायोजकको रूपमा वाई–वाई चाउचाउ, सह–प्रायोजकको रूपमा म्याजीक चप्पल र हिमाल कलेज अफ म्यानेजमेण्ट, लिक्वयर पार्टनरको रूपमा सिग्नेचर रहेको पुष्पाञ्जलीका मार्केटिङ्ग म्यानेजर दिनेश शर्माले जानकारी दिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं