हेम्जाका उद्योगी व्यवसायीले वचन दिएपछि प्रजू प्यानल थप उत्साहित

हेम्जाका उद्योगी व्यवसायीले वचन दिएपछि प्रजू प्यानल थप उत्साहित

IMG_0273

पोखरा, २८ भदौ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि विहीबार हेम्जा पुग्यो ।

हेम्जाका मतदाताले यस प्यानललाई स्वागत गर्दै यसपालीको निर्वाचनमा हेम्जाको पूर्ण सहयोग र समर्थन हुने वचन दिएका वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार नारायण कोइरालाले बताएका छन् ।

महानगरीय संरचनामा गैसकेको र अन्तरराष्ट्रियस्तरको शहर उन्मुख बन्दै गएको पोखराको प्रवद्र्धनको लागि पनि पोखरा उद्योग वाणिज्य संघको महत्वपूर्ण भूमिका रहेको हुँदा यस संघको नेतृत्वमा अनुभवी र सक्षम व्यक्ति आउनुपर्ने माग हेम्जाका उद्योगी व्यवसायीको रहेको छ ।

पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघको छवि माथि नै आँच आउनेखालका हल्ला आउन थालेकोले त्यसलाई जोगाउन पनि सक्षम नेतृत्व खाँचो रहेको मतदाताहरुले बताएका छन् ।

भेटघाटको क्रममा मतदाताहरुले प्रजू प्यानलको तर्फबाट उमेद्वारी दिएका अध्यक्ष रवीन्द्रबहादुर प्रजू सहित पदाधिकारी र सदस्यहरुलाई पोखरा उद्योग वाणिज्य संघको ऐतिहाँसिक गरिमा कायम राख्दै आगामी दिनमा समग्र पोखराको आर्थिक विकासमा लाग्न सक्ने की नसक्ने भन्दै प्रश्न गरेका थिए ।

यस समूहले सामूहिक रुपमा नै पोखराको उद्योग व्यवसायको विकासको साथै उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएको उद्योग तर्फबाट उपाध्यक्ष पदकी उमेद्वार विन्दु कोइरालाले जानकारी दिइन् ।

पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायी मैत्री र समावेशी बनाउन पनि व्यवसायीहरुले माग गरेका छन् । कुनै समूह तथा वर्गको मात्रै बाहुल्य हुनेगरी संघको नेतृत्व लिने प्र्यत्न भएको मतदाता उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।

भेटघाटको अवसरमा आफ्नो सम्ूह पूर्ण समावेशी भएको र आगामी दिनमा पनि पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायी मैत्री र समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरिएको कोषाध्यक्ष पदका उमेद्वार सुरेन्द्रमान बिजुक्छेले बताएका छन् ।

प्रजू समूहले विहीबार पोखराको जिरो किलोमिटर, पस्र्याङ, विन्ध्यवासिनी लगायतका क्षेत्रमा घरदैलो गरी मतदातासँग भेटघाट गरेको छ । विहीबारको भेटघाटमा मतदाता साथीहरुबाट पाएको मायाँ र दिनुभएको सुझाबाट आफू र आफ्नो टिम थप उत्साहित भएको अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀