पोखरा, ४ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम सोमबारदेखि शुरु भएको छ ।
प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ । तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ्ग, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागि छन् । तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गरेका थिए ।
त्यसअवसरमा पशु सेवा निर्देशनालय पोखराका निर्देशक डा. मनबहादुर पुन, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. केदारराज पाण्डे, राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवनाथ महतो, पशु सेवा तालिम केन्द्र पोखराका वरिष्ठ तालिम अधिकृत डा. विजयकुमार श्रेष्ठले बोलेका थिए ।
नेल्टा कास्कीका अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले स्वागत र केन्द्रीय सदस्य डिल्लिराम रेग्मीले संचालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं