पोखरा, २६ साउन। नेपाल महिला संघ पोखरा महानगरपालिका सभापति माया बराललाई पितृशोक परेको छ।
उनका पिता टेकबहादुर कार्कीको ८५ वर्षको उमेरमा शुक्रवार बिहान ४ बजे आफ्नै निवास पोखरा २०, भलाममा निधन भएको हो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए।
नेपाली काँ’ग्रेस क्रियाशील सदस्य तथा प्रजातन्त्र सेनानी स्व. कार्कीको शनिवार सेतीघाटमा अन्त्येष्टि गरियो। नेपाल प्रहरीले उनलाई सलामी चढाएको थियो।
यस्तै, काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा सांसद कुमार खड्का, सांसद बिन्दुकुमार श्रेष्ठ, काँग्रेस नेतृ सरस्वती गुरुङ, काँग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, क्षेत्र २ का क्षेत्रीय सभापति माधव बास्तोला मधु लगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए।
नेपाल प्रहरीको हवल्दारबाट निवृत्त स्व. कार्कीका श्रीमती राधादेवी कार्की, २ छोरा तिलकबहादुर कार्की र नारायणबहादुर कार्की तथा ५ छोरीहरु माया सहित गणेशकुमारी पौडेल, बुद्धदेवी कुँवर, लक्ष्मी केसी र हरिमाया कुँवर तथा नातिनातिना छन्।
– अादर्श समाज सम्वाददाता
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं