पोखरा, ८ साउन। नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीले साधारण सस्दयता वितरण अभियान तिव्र पार्ने भएको छ।
नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साधारण सदस्य वितरण गर्नका लागि यस क्षेत्रका करिब दुई सय नेता÷कार्यकर्र्ता परिचालन गरिने क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए। उनका अनुसार साउन २५ गते बाट शुरु हुने अभियान दुई महिना सम्म चल्ने छ।
‘साधारण सदस्य वितरण अभियान तिव्र गतिमा लैजान नेता तथा कार्यकर्तालाई आग्रह गरेका छौ’–शर्माले भने–‘यो अभियानमा यस क्षेत्रमा करिब ३५ हजार साधारण सदस्य बनाउने लक्ष्य छ।’
यसैगरी नेपाली काँग्रेस कास्कीले साउन १५ गते गर्ने बिरोध प्रदर्शनमा यस क्षेत्रबाट बढी भन्दा बढी कार्यकर्ताको सहभागिता गराउन पहल गर्ने निर्णय गरेको क्षेत्रीय सचिव खिमलाल बास्तोलाले जानकारी दिए। नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध साउन १५ गते सवै जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
यस्तै बैठकले पार्टीको विधान अनुसार घान्द्रुकका भुवनेश्वर गुरुङ र पोखरा–२३ भदौरेका लक्ष्मीप्रसाद पौडेललाई क्षेत्रीय सदस्यमा मनोनित गरेको छ भने झलकबहादुर केसी, सीता अधिकारी, ध्रुव घले, झपटबहादुर थापा, मेखबहादुर गुरुङ, छविरमण पौडेल, शोभाकर अधिकारीलाई आमन्त्रित क्षेत्रीय सदस्यमा मनोनित गरेको सचिव बास्तोलाले जानकारी दिए।
नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका कोषाध्यक्ष जीवनाथ पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति समेत गठन गरिएको छ। उक्त उपसमितिको सदस्यमा मनपति भण्डारी, सुदिप गौतम छन्।
बैठकले स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठक क्षेत्रीय सभापति पोषनाथ शर्माको अध्यक्षतामा भएको थियो।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं