प्राविधिक शिक्षाको ज्ञान र परामर्श दिन मेला शुरु

प्राविधिक शिक्षाको ज्ञान र परामर्श दिन मेला शुरु

36200319_274440459796027_4429491680369967104_n

पोखरा, १५ असार । प्राविधिक शिक्षासँग सम्वन्धित ज्ञान र परामर्श दिनका लागि पोखरामा शुक्रबारदेखि मेला शुरु भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना र पोखरा प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा मेला शुरु भएको हो ।

टिभिईटी करिअर फेयर – २०१८ नाम दिएर पोखरा सभागृहमा शुरु भएको मेला शनिवारसम्म चल्ने छ । मेलामा प्राविधिक शिक्षासँग सम्वन्धित २४ वटा स्टल छन्।

मेलामा प्राविधिक शिक्षा सँग सम्वन्धित धेरै विषय बुझ्ने अवसर प्राप्त हुने बताइएको छ । मेलाबाट पाँच हजारदेखि १० हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । पहिलो दिन शुक्रबार तीन हजारभन्दा बढी लाभान्वित भएका छन् ।

यस्तो मेला नेपालमा नै पहिलो पटक पोखरामा आयोजना गरिएको हो पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारीले भने – ‘एकै स्थलबाट प्राविधिक शिक्षाको महत्व र रोजगारीको सम्भावनाका बारेमा सूचना प्रदान गर्ने छौं ।’

एसइई पछाडी सिटिइभिटी अन्तर्गत संचालन गरिने प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुलाई भर्ना प्रक्रिया, समय, शुल्क, छात्रवृत्ति, प्राविधिक शिक्षा संचालन गर्ने संस्था लगायतका विषयमा परामर्श दिइने छ।

मेला उद्घाटन गर्दै प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले वर्तमान युवा प्राविधिक शिक्षाको युग भएको बताईन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी, मिना गुरुङ, फोरम फर टेक्निकल हेल्थ साइन्सका केन्द्रीय अध्यक्ष पश्यप पौडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बोलेका थिए ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारीले स्वागत र समक्षमता परियोजनाकी एड्मिन अफिसर रेनुका शाहले कार्यक्रम संचालन गरेकी थिइन् ।

मेला उद्घाटन अघि वीपी चोकबाट शुरु भएको ¥याली सभागृह पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
11 Dec · Rastra · USD/EUR
Canadian Pharmacy Ambien Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.95
Indian Rupee 
Indian Rupee
89.92
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.72
US Dollar 
US Dollar
1
11 Dec · FX SourceRastra 
watch Nepal Rastra bank
see url Check: 11 Dec 2025 01:00 UTC
click Latest change: 10 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀