पोखरा, १५ असार । प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवरले संस्कृत भाषालाई अपहेलना गर्नु भनेको मातापिताको अपमान गरे जस्तै भएको बताएका छन् ।
आधुनिकिकरणका नाममा संस्कृत, विज्ञान, भाषा, ज्ञान र क्षमतालाई अपहेलना गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।
उनले संस्कृतलाई ब्राम्हणको भाषा र भाषाको माध्यम मात्र भन्नु गलत भएको उल्लेख गरे । संस्कृतलाई बुझ्नेले बुझे होलान्, नबुझ्नेले बुझ्ने कोशिश गरेनन् होला तर म संस्कृत सँग प्रभावित छु प्रदेश प्रमुख कुँवरले भने – ‘संस्कृतको ओज र विज्ञानबाट म निकै प्रभावित छु।’
पोखरा महानगरपालिका वडा नं १ स्थित संस्कृत माविको ११८ औं वार्षित्कोत्सव तथा अभिभावक दिवसको बिहीबार उद्घाटन गर्दै उनले संस्कृत भन्दा अग्रेजी भाषा कमजोर रहेको बताए ।
उनले आधुनिक शिक्षाको नाममा प्रगती गर्नेहरुले आफ्नो जीवनलाई व्यर्थ ठान्ने गरेको बताए । आधुनिक शिक्षाले ठूलो पद र प्रतिष्ठा आर्जन गरेपनि असन्तोष बढ्दै गएको उनको भनाई छ ।
महिला नेतृ सरस्वती गुरुङले संस्कृत पहिचान भएको भन्दै बचाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याएको भन्दै मावि शिक्षक श्रीकान्त सापकोटा, निमावि शिक्षक दिनेश थापा, प्रावि शिक्षक विष्णुकुमारी मल्ल र विद्यालयको सुरक्षा तथा सरसफाई व्यवस्थापनमा योगदान पु¥याएको भन्दै चौकीदार सुनिलकुमार सुन्दौलीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ठ शिक्षकलाई प्रदान गरिने जवाहर – लक्ष्मी पुरस्कारबाट विद्यालयका सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद देवकोटा, पूर्व प्रधानाध्यापक दामोदर बास्तोला, पूर्वअध्यक्ष चक्रपाणि सुवेदी, नेपाल महर्षि बैद्विक फाउण्डेशनका शिवप्रसाद पौडेल, समाजसेवी टंकप्रसाद पौडेल, जवाहरलाल श्रेष्ठ, नारायण चापागाई, तेजनाथ घिमिरे लगायतले बोलेका थिए ।
संस्कृत मावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले स्वागत र शिक्षक कलावती बरालले संचालन गरेकी थिइन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं