पोखरा, १३ जेठ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको अधिवेशन आगामी तीन वर्षका लागि निरन्जनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा उमेशराज पराजुली, नवीन सिग्देल, अर्जुन सिग्देल, प्रकाशचन्द्र त्रिपाठी, महिला सदस्यमा शक्ति प्रधानाङ्ग, रजनी के.सी, निशा भण्डारी, नानु रेग्मी, किशोर युवा सदस्यमा विष्णुप्रसाद दाहाल, किशोरी युवा सदस्यमा नारायणी त्रिपाठी र किशोरी युवा सदस्यमा दिक्षा पराजुली छन् ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले प्रमाणपत्र वितरण गरेका थिए ।
नयाँ कार्य समितिको शनिवार पदस्थापना गरिएको छ ।
शाखा तदर्थ समितिका संयोजक अर्जुन सिग्देलले नव निर्वाचित सभापति निरन्जनप्रसाद श्रेष्ठलाई शाखाको माइन्यूट हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको गरिमालाई उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संस्थामा आजिवन र साधारण सदस्यहरुलाई सक्रिय बनाउने वातावरण निर्माण गर्ने बताए ।
नेपाल परिवार नियोजन संघ कास्कीका पूर्वअध्यक्ष दिवसमान प्रधानाङ्गले संस्थालाई अघि बढाउन कर्मचारी र स्वयंसेवक दुवै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा निर्वाचत अधिकृत कृष्णप्रसाद तिमिल्सिना, पुर्व सदस्य निर्मलप्रसाद कर्माचार्य, जेष्ठ सदस्य क्या. गंगाबहादुर खत्री र शाखाका प्रवन्धक नवराज अधिकारीले बोलेका थिए ।
नेपाल परिवार नियोजन संघ कासकी शाखा तदर्थ समितिका संयोजक अर्जुन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रजनी केसीले स्वागत र अर्का सदस्य राजेश अधिकारीले संचालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं