बर्लिन , १० जेठ । २२ औ कार्निभल जर्मनको राजधानी बर्लिनमा सम्पन्न भएको छ ।
विश्वका करिब ४० देशबाट फरक फरक समूहले आ–आफ्नो देशको नृत्य सहित कला संस्कृति प्रस्तुत गरेका थिए । हरेक वर्ष आयोजना हुने यस्तो कार्यक्रममा नेपालले भने यो सहित छैटौ पटक सहभागिता जनाईसकेको छ ।
नेपाली राजदुतावास बर्लिन, नेपाल टुरिजम बोर्ड र गैरआवासीय नेपाली संघ (एनआरएन) जर्मनीको सहयोगमा सहभागी नेपाली टोलिको व्यवस्थापन नेपाल स्टुडेन्ट सोसाईटीले गरेको थियो ।

कार्यक्रममा विभिन्न जातजातिको पोशाकमा सजिएका नेपालीहरुले नेपालको कला–संस्कृति सम्बन्धित नृत्य झाँकी प्रदर्शन गरेका छन् ।
युरोपको मुटु मानिने जर्मनीको राजधानी बर्लिनमा उपस्थित विश्वका विभिन्न देशका लाखौ दर्शकले प्रत्यक्ष र करोडौंले टेलिभिजन मार्फत सो कार्यक्रमको अवलोकन गरेका थिए ।
उक्त सडक महोत्सवमा साढे तीन किलोमिटरसम्म हिड्दै ६८ वटा समुहले प्रस्तुति गरेका थिए ।
कार्यक्रममा सहभागी भए पश्चात नेपाल टुरिजम बोर्डका सदस्य कृष्ण बहादुर महराले भोलिका दिनहरु हुने यस्ता कार्यक्रमहरुमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै जर्मनीका लागी नेपाली राजदुत रमेश प्रसाद खनालले व्यस्तताको बाबजुद यो कार्यक्रम सफल भएकोमा सबैको खुलेर प्रशंसा गरे ।
कार्यक्रमको समापन समारोहमा बोल्दै क्रार्यक्रमका संयोजक अशोक तिमल्सिनाले अध्ययनको शिलशिलामा विदेशमा आएर आफ्नो कला र संस्कृतिलाई जिवितै राख्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गरे । उनले कार्यक्रम सफल पार्न सहयोग गर्नेहरु सबैमा धन्यवाद व्यक्त गरे ।
तस्वीर सौजन्य ः कार्यक्रम संयोजक अशोक तिमल्सिना
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं