पोखरा, ८ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित जनप्रिय आमा समूहले आयोजना गरेको पाँच दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
सामाजिक अभियन्ता निर्मला कार्की भण्डारीले सहजीकरण गरेको तालिममा ६० जना सहभागी थिए ।
समापनमा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं १० की वडा सदस्य निशा मल्ल ठकुरीले हिनताबोध छाडेर अघि बढ्न महिलाहरुलाई आग्रह गरिन्। उनले निरन्तरताको प्रयासले मानिस सफल हुन सक्ने बताइन् ।
जनप्रिय वातावरण सुधार समितिका अध्यक्ष डम्बरबहादुर गुरुङले कुशल वत्ता बन्नका लागि निरन्तर अभ्यास जरुरी भएको उल्लेख गरे ।
कार्यक्रममा प्रशिक्षक निर्मला कार्की भण्डारी, जनप्रिय आमा समूहकी निवर्तमान अध्यक्ष पवित्रा गुरुङ, पूर्वअध्यक्ष रेनु गुरुङ, अस्मी गुरुङ, जनप्रिय समाजका सचिव डम्बरबहादुर गुरुङ, मोहनप्रसाद गुरुङ, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, सहभागीहरु सत्यदेवी गुरुङ, टेकबहादुर गुरुङ, कल्पना थापा मगर र अनिता गुरुङले बोलेका थिए ।
जनप्रिय आमा समूहकी अध्यक्ष नरदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा गुरुङले स्वागत र सचिव शारदा पौडेलले संचालन गरेकी थिइन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं