पोखरा, ५ वैशाख । डिष्ट्रिक्ट ३२५ बी १ नेपालको छैठौं महाधिवेशनमा गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले लायन्सभित्रका बिकृति, बिसंगति अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
उनले लायन्सका गतिविधिलाई समाजले वाहवाह गर्ने खालको बनाउन जरुरी भएको बताए ।
लायनले कार्यक्रम गरी फोटो खिच्ने, फेसबुकमा राख्ने र साथीलाई कमेन्ट गर्न लगाउन भन्ने आरोप छ उनले भने – ‘त्यस्तो आरोपको अन्त्यगर्दै लायन्स गतिविधिलाई हामीले हैन, समाजले वाहवाह गर्ने बनाउन आवश्यक छ ।’
मणिश्री जिताऔं अभियान पोखराले पोखरामा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लायन्समा रहेर २८ वर्षदेखि गरेको अनुभव लायन्सको नेतृत्वमा पुगेर कार्यन्वयन गर्न चाहेको उल्लेख गरे ।
अघिल्लो वर्ष आफुले उठाएका विषयलाई लायन्स साथीहरुले रुचाएपनि भोटको राजनीति गर्न नजान्दा पराजित भएकोभन्दै यसपटक विगतको कमजोरी सुधार्दै मैदानमा उत्रेकाले विजयी हुनेमा ढुक्क रहेको बताए ।
साथीहरुले लायन्स शुद्विकरणका लागि तपाई आवश्यक छ भन्नुभएको छ उम्मेदवार बज्राचार्यले भने – ‘गभर्नरमा विजयी गराएर सुधारको जिम्मेवारी पाउनेमा ढुक्क छु ।’
उनले १४ बुँदे प्रतिवद्वता पनि सार्वजनिक गरेका छन्। उनले गरेका प्रतिवद्वताहरुमा नेपाल भित्रका क्लब र अन्य मुलुकका क्लबहरुसँग आत्मीय वातावरण निर्माण, कम खर्चमा बढिभन्दा बढि मानवीय सेवाका लागि उत्प्रेरित गर्ने, अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण चलाउने, नेपाल लायन्स फाउण्डेशन कोषलाई बलियो बनाउन क्लबहरुलाई प्रोत्साहन गर्ने छन्।
त्यस्तै, मानवीय कार्यका लागि क्लबहरुलाई बढि जिम्मेवार बनाउने, औपचारिक कार्यक्रमहरुलाई सकेसम्म कम समयमा सम्पन्न गराउन प्रयत्न गर्ने, क्लब र सदस्यको निष्पक्ष कार्य मूल्यांकन गरी सम्मान गर्ने लगायतका प्रतिवद्वता पनि जनाएका छन्।
पत्रकार सम्मेलनमा मणिश्री जिताऔं अभियानका संयोजक मोतिराज तिमिल्सिना, सहसंयोजक स्थिरबहादुर थापा, सल्लाहाकार एकनारायण शर्मा, जीएमटी कोअर्डीकेटर सुदिप ढुङ्गानाले बोलेका थिए ।
उनको पक्षमा माहौल बनाउनका लागि एक महिना अघि देखि नै अभियान शुरु भएको छ । महाधिवेशन वैशाख ७ र ८ गते पोखरा सभागृहमा हुदैछ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं