पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बामगठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टीले पराजय भोगेको बताएका छन् ।
अरु मिलेर हामी हारेका हौ भन्ने कुरामा आफ्नो बिमती रहेको बताउँदै अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताए ।
पार्टीभित्र अनुशासन जरुरी भएकोभन्दै उनले अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने बताए । मुलुक सुधार्न काँग्रेस सुधार्नु पर्ने उनको भनाइ छ।
नेपाल निजामति कर्मचारी युनियन संघ प्रदेश कार्य समिति – ४ ले कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजना गरेको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीभित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी भएको औल्याए ।
उनले जनताको स्वार्थसँग जोडिएर पार्टीले काम गर्नु पर्नेमा जोड दिए । जनताको मन जित्दै विश्वासमा लिएर नेतृत्व गर्ने पार्टी काँग्रेस हो उनले भने – ‘कम्युनिष्टले जस्तो भ्रम सिर्जना गरेर जनतालाई कब्जा लिने काम काँग्रेसले गर्दैन ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले राष्ट्रवाद देखाएर निर्वाचनमा भोट बटुलेका प्रधानमन्त्री केपी शर्मा ओली रक्षा कबज खोज्न भारत गएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीका गतिविधि साम्यवाद उन्मुख भएको बताए ।
नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले सरकारले खोजीखोजी र रोजीरोजी प्रजातन्त्रवादी कर्मचारीलाई दुःख दिन खोजेको बताए ।
संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले वर्तमान सरकारलाई हल्लाउने तागत आफुहरुसँग भएकोभन्दै नआत्तिन आग्रह गरे ।
त्यसअवसरमा कास्की काँग्रेसका सभापति कृष्ण केसी, प्रदेश नम्बर ४ का सांसद कृष्णचन्द्र नेपाली, विन्दु थापा, संघका उपाध्यक्ष उत्तम कटुवाल, नेता राजेन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधि बाबुराम आचार्य लगायतले बोलेका थिए ।
नेपाल निजामति कर्मचारी युनियन संघ प्रदेश कार्य समिति – ४ का अध्यक्ष शिव शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सुरेशकुमार श्रेष्ठले स्वागत र कास्की अध्यक्ष डार्विन लम्सालले संचालन गरेका थिए ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं