पोखरा, २ बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली टुरिष्ट जस्तै घुम्दै हिडेको टिप्पणी गरेका छन्।
उनले प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अधिकार नदिई सवै अधिकार संघिय सरकारमा राखेर प्रदेश सरकारलाई कमजोर बनाएको आरोप समेत लगाए ।
नेपाली काँग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीले देशलाई राज्यविहीनताको अवस्थामा पु¥याएको उल्लेख गरे ।
प्रधानमन्त्री टुरिष्ट जस्तै घुम्दै हिडेका छन्, प्रदेश सरकारलाई न प्रहरी दिन्छन्, न प्रशासन उनले भने – ‘यो राज्यविहीनताको अवस्था हो।’
पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेको नेता निधिले आउँदो निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
पार्टीलाई वैचारिक र सांगठनिक रुपमा बलियो बनाउन सके बहुमत ल्याउन सकिने उनको भनाइ छ।
अर्का केन्द्रीय सदस्य अर्जुन जोशीले निर्वाचनमा पार्टीले भोग्नु परेको पराजय सवै तहमा समीक्षा गरिनुपर्ने औल्याए ।
पराजयको दोष केन्द्र र जिल्ला नेतृत्वलाई दिएर मात्र हुदैन उनले भने – ‘ क्रियाशील सदस्य र अगुवा कार्यकर्ताले निर्वाह गरेको भुमिकाको पनि समीक्षा हुनुपर्छ।’
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं