पोखरा, १ बैशाख । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट मुरारी शर्मा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) मा मधुकर काफ्ले र इन्द्रबहादुर महतो सर्वसम्मत निर्वाचित भएका छन् ।
उपाध्यक्ष (महिला) लक्ष्मी मल्ल, उपाध्यक्ष (सेवा क्षेत्र) खुनप्रसाद रेग्मी, उपाध्यक्ष (उत्पादन क्षेत्र) हरिराम पौडेल, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोगार क्षेत्र) रामप्रसाद अधिकारी, सचिव दीर्घनारायण शर्मा, सहसचिव (खुल्ला) रामप्रकाश सिग्देल, सहसचिव (महिला ) पार्वती उपाध्याय, सहसचिव (सेवाक्षेत्र ) प्रमोद न्यौपाने, सहसचिव (उत्पादन क्षेत्र) राजेश लम्साल, सहसचिव (अनौपचारिक तथा स्वरोजगार) हरिप्रसाद चालिसे, कोषाध्यक्ष घनश्याम रेग्मी, सह–कोषाध्यक्ष जमुनाकुमारी रोक्का मगर निर्वाचित भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं ४ सदस्यमा ज्ञानेन्द्र गौतम, डिल्लीराज घिमिरे, चन्द्रबहादुर श्रेष्ठ, देविप्रसाद वस्ताकोटी, त्रिकला थापा, वोला पाठक, शर्मिला ढकाल, सुनिता उच्चै ठकुरी, भगवती तिमिल्सिना, नलराज पाण्डे, नवराज भण्डारी, कल्याणप्रसाद सुवेदी, सरस्वती अधिकारी, बाबुराम कंडेल, जनकप्रसाद तिवारी चयन भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता जीवन परियारले भातृ संस्था तथा शुभेच्छुक संस्थामा नीति र योजना आवश्यक रहेको बताएका थिए ।
नेता परियारले ट्रेड युनियन कांग्रेसले रचनात्मक काम गरेर देखाउने समय आएको भन्दै केन्द्रीय समितिमा श्रम विभागलाई पूर्णता दिन आफू क्रियाशील रहने उल्लेख गरे ।
सभामा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले कांग्रेस पार्टीमा व्यक्ति हावी हुँदा कार्यकर्ता निरुत्साहित बन्न पुगेको बताए । पार्टीले नयाँ नीति र योजना सार्वजनिक गर्दै बलियो कांग्रेस बनाउन नेतृत्वलाई सुझाव दिए ।
अधिवेशन उद्घटन सत्रमा पूर्व मन्त्री यज्ञबहादुर थापा, कास्की सभापति कृष्ण केसी, नेतृ वृन्दादेवी राना, शारदा पौडेल, नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ का अध्यक्ष किरणबाबु पन्त, नेपाल ट्रेड युनियनकांग्रेस नवलपुर अध्यक्ष गंगाधर सुवेदी लगायतले बोलेका थिए ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं