महाभारतको प्रसंग सुनाउदै काँग्रेस नेता भण्डारीले यसो भने

महाभारतको प्रसंग सुनाउदै काँग्रेस नेता भण्डारीले यसो भने

DSC00445

पोखरा, २९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्र सिंहदरबारको लडाइ मात्र भएका कारण पार्टी कमजोर बनेको बताएका छन् ।

पार्टी, कार्यकर्ता, राष्ट्रियता, संस्कृतितर्फ नभई नेताहरु सिंहदरबारको लडाइमा मात्र लागेकाले पार्टी कमजोर भएको उनको भनाइ छ।

रोग सिंहदरबारको लडाइ हो उनले भने – ‘पार्टीभित्रको यो रोग अन्त्य गर्न मुखबाट औषधी खुवाएर हुदैन, इन्जेक्सन नै लगाउनुपर्छ।’

महाभारतमा कृष्ण, अर्जुन र भिष्मपितामहको प्रसंग कोट्याउँदै भिष्मपितामहले अन्तिम समयमा हस्तनापुरबासि सत्ताका लागि मात्र लडेकाले विकास हुन नसेको अनुभव सुुनाएको उल्लेखगर्दै सिंहदरबारको लडाईले पनि काँग्रेस कमजोर बनेको बताए ।

नेपाली काँग्रेस कास्कीले केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्मृतिमा पोखरामा आयोजना गरेको शोकसभामा उनले पार्टीको जिम्मा युवा पुस्तालाई दिनुपर्ने बताए ।

अघिल्लो पुस्ताका नेतालाई कोठामा राखेर मन लागेको खान दिने र डाक्टर उपलव्ध गराएर आराम गराउनुपर्ने उनको भनाइ छ।

नेता भण्डारीले युवा पुस्तासँग नयाँ वीचार र दृष्टिकोणबाट कम्युनिष्टसँग लड्न सक्ने क्षमता भएको बताए । उनले कम्युनिष्ट बहुमतमा आए भनेर आत्तिन नपर्ने उल्लेख गर्दै ओली – प्रचण्डको कुरा लामो समय नमिल्ने दाबी गरे।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले पार्टीभित्र तेरो÷मेरा भन्न छाडेर हाम्रो भन्ने भावना विकास गर्न जरुरी भएको उल्लेख गरे । उनले स्व. खड्काकै नेतृत्वमा आफु विद्यार्थी राजनीतिमा होमिएको स्मरण गरिन् ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले काँग्रेस सुधार्नका लागि सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नम्बर ४ का सांसद कुमार खड्का, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, नेतृ शारदा पौडेल, काँग्रेस क्षेत्र नं ३ का सभापति पोषनाथ शर्मा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका सभापति देवेन्द्रकुमार शेरचनले बोलेका थिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेले स्वागत र सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀