पोखरा, २४ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित अरण्यज्योति पुस्तकालयको शनिवार सम्पन्न २५ औ वार्षिक साधारणसभाले पुन ः राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गमवहादुर गुरुङ, सचिवमा यदुराज पंगेनी, सहसचिवमा महेश श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र भट्टराई छन् भने सदस्यहरुमा गायत्री सिग्देल, बिमला श्रेष्ठ, मिना श्रेष्ठ, धर्मराज पौडेल ‘अल्पायू’, भरत सिग्देल, सिता भूजेल, अभय सिग्देल र लक्ष्मीप्रसाद सिग्देल छन् ।
साधारणसभाले सचिव यदुराज पंगेनीले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष सरोज श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
निर्वाचित अध्यक्ष अध्यक्ष राजेन्द्र भण्डारीले पुस्तकालयको माध्यमबाट समाज रुपान्तरणको यात्रा अघि बढाउने प्रतिवद्वता व्यक्त गरे ।
त्यसअवसरमा समाजसेवी कर्णेल रामकाजी गुरुङले पुस्तकालयलाई नगद १० हजार पाँच रुपैया आर्थिक सहयोग र समाजसेवी चन्द्रकान्त सिग्देल, कल्याणकुमार ढेवाजुले पाँच÷पाँच हजार मूल्य बराबरका पुस्तक प्रदान गरेका थिए ।
यसअघि साधारणसभा उद्घाटन गर्दै शिक्षाविद् जर्ज जोनले नवीन सोच र सकारात्मक दृष्टिकोणबाट मात्र समाज परिवर्तन हुन सक्ने उल्लेख गरे ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ की महिला सदस्य कृष्णकुमारी गुरुङले पुस्तकालयको विकासको लागि वडाबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिन् ।
कार्यक्रममा समाजसेवी लोकबहादुर कार्की, निर्वाचन समितिका संयोजक माधव आचार्य, सदस्य योगेन्द्रमान श्रेष्ठ र गायत्री सिग्देलले बोलेका थिए ।
त्यसअवसरमा बालक शास्वत सिग्देलले कविता वाचन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं