पोखरा, २४ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ ।
अन्य महोत्सव भन्दा भिन्न महोत्सव भएकाले पनि दर्शकहरु फरक मनोरञ्जन लिन आलु महोत्सव पुग्ने गरेका छन् ।
महोत्सवमा विभिन्न थरीका आलुका परिकारले दर्शकको मन तानेको छ। महोत्सव पस्यो कि आलु। रेष्टुरेण्ट्र छि¥यो आलुकै परिकार। स्टेज तिर हे¥यो आलुकै माला। महोत्सवमा सहभागि कलाकार पनि आलुकै गुनगान। यसैले गर्दा पनि महोत्सव दर्शकको रोजाई बनेको छ।
‘अरु मेला महोत्सव भन्दा पनि यहाँको महोत्सव भिन्न प्रकारको भएकोले पनि दर्शकहरुको चाप दिन प्रतिदिन बढेको छ’–विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले भने–‘यहाँहरुको साथ सहयोगले नै महोत्सव सफल बन्दै गएको छ।’

आलु महोत्सवमा रमाउदै दर्शक
महोत्सवको तेस्रो दिनसम्म २५ लाखको आलुको कारोवार र २५ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए ।महोत्सवमा आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दर्शकले भरपूर्ण मनोरञ्जन लिएका छन्।
शनिवार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बैकुण्ठ महत, सरला पाण्डे, शिवहरि ढुंगाना, माया गुरुङ र टेक क्षेत्रीको प्रस्तुति रहेको थियो।त्यसैगरी हाँस्यतर्फ शिवहरि वैरागी (सभासद्) र देविराम पराजुली (भोक लाग्यो) ले दर्शकलाई पेट मिची मिची हसाएका थिए।
आइतबार खुमन अधिकारी, कुमार पुन, सरला पाण्डे, ज्योति लाहोनी, शिवहरी ढुंगाना, सविना गुरुङ, परशुराम अधिकारी, अम्मर धितालको प्रस्तुति रहने साँस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए। यसैगरी हाँस्य तर्फ पोखरेली माग्ने बुढा, धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुति रहने छ। त्यस्तै साँझ कन्सर्ट तर्फ बिनोद वाँनिया, रिनाद व्याण्ड, बबि सुनारको प्रस्तुति रहने छ।
महोत्सवमा शनिवार देखि रत्यौली प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता शुरु भएको छ। महोत्सव चैत ३० गते सम्म चल्ने छ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं