पोखरा, २४ चैत । लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटीको तेस्रो अधिवेशनले आगामी वर्ष २०१८÷२०१९ का लागि गणेशप्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा हरि बस्ताकोटी , द्वितिय उपाध्यक्षमा सूर्यप्रकाश ढुंगाना, तृतिय उपाध्यक्षमा घनश्याम ढुंगाना, सचिवमा मनोज लामिछाने, सहसचिवमा मिनबहादुर गुरुङ, कोषाध्यक्षमा आनन्द बजगाई, सहकोषाध्यक्षमा गोविन्द लामिछाने छन् ।
त्यस्तै रिपोटीङ अफिसरमा मनोज गुरुङ, मेम्बरसिप चेयर पर्सनमा तोयनाथ अधिकारी, टेमरमा पुजन राईभाट, टेलटुवीस्टरमा विनोद परियार, पिआरओमा मिलन घिमिरे, एलसिआईएफमा दुर्गामान श्रेष्ठ, मार्केटिङ चेयर पर्सनमा डम्बरप्रसाद पौडेल, सर्भिस चेयर पर्सनमा बद्रीनाथ भण्डारी, स्वास्थ्य शिविर डाईरेक्टरमा दिपक अधिकारी छन् ।
त्यस्तै अन्य डाईरेक्टरहरुमा रामबहादुर केसी, कल्याण अधिकारी, विश्व गुरुङ, इच्छामान गुरुङ, निरन्जन बराल, डा.विश्व त्रिपाठी, रामचन्द अधिकारी , कृष्ण गौतम ,सन्तोष घिमिरे, रमेश पौडेल, सरोज कोइराला, रेशम कार्की र सिजन गहतराज छन् ।
क्लबका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिएमटी कोअर्डीनेटर सुदिपराज ढुंगाना प्रमुख अतिथि थिए ।
त्यसअवसरमा रिजन चेयर पर्सन शैलेन्द्रमोहन भट्टराई, क्वालिटि मेम्बर चेयर पर्सन मधुसुदन कोइराला, जोन चेयर पर्सन अशोकप्रसाद बरालले बोलेका थिए ।
कार्यक्रम क्लबका सचिव सूर्यप्रकाश ढुंगानाले संचालन गरेका थिए ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं