पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिका सिद्वार्थ चोकस्थित एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस पोखरा शाखाले ग्राण्ड अष्टे«लियन एजुकेशन सेमिनार गर्ने भएको छ ।
अष्टे«लियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थी लक्षित गरी चैत २५ गते आइतबार सेमिनार गर्न लागेको पोखरा शाखा कार्यालयका प्रबन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।
सेमिनारमा एक्स्पर्टका चेयर मेन बद्री अर्याल र ब्रिज बेन स्थित कार्यालयका प्रबन्धक होम पौडेल अरुणले सहजीकरण गर्ने छन् ।
अष्ट्रेलियाका ख्यातीप्राप्त विभिन्न ८ वटा शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा विद्यार्थी तथा अभिभावकहरुले अष्टे«लियाका शैक्षिक संस्थाको गुणस्तर, खर्च, भिसा पोलिसी, अंगे्रजी भाषाको दक्षता सम्बन्धी जिज्ञासा राख्न पाउने मार्केटिङ हेड विष्णु गौतमले बताए ।
सन् २००३ मा अष्टे«लियाको सिड्नीमा प्रधान कार्यालयको स्थापना गरी नेपाल र विश्वका विभिन्न मुलुकहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
एक्स्पर्टको हालसम्म २८ वटा शाखा कार्यालयबाट अष्टे«लियाका लागि विद्यार्थीहरुलाई निःशुल्क परामर्शसँगै भिसा प्रोसेसिङको लागि सेवा दिँदै आएको छ ।नेपालका शाखाबाट हालसम्म ३० हजार भन्दा बढी विद्यार्थीलाई अष्टे«लियामा उच्च शिक्षाका लागि सेवा प्रदान गरिसकेको छ ।
पोखरा शाखाका प्रवन्ध निर्देशक थापाका अनुसार, अहिलेसम्म भिसा प्रोसेसिङ शत् प्रतिशत सफल छ ।
उनले एक्सपर्टले व्यवसायीक गतिविधि मात्र नभएर सामाजिक काम पनि गरिरहेको उल्लेख गरे ।
–––
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं