आलु महोत्सव शुरु

आलु महोत्सव शुरु

a(1)

पोखरा, २२ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ बिहिवारदेखि शुरु भएको छ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यवस्थापन इकाइ वसुन्धरा काठमाण्डौंको आयोजनामा भएको महोत्सव चैत ३० गते सम्म विष्णु पादुका खेल मैदानमा हुने छ।

महोत्सवको उद्घाटन अघि हेमजा मिलनचोक देखि निकालिएको झाँकी सहितको ¥याली महोत्सव स्थलमा पुगेको थियो। ¥यालीमा यहाँका विभिन्न संघ संस्था, सहकारी, आमा समूह, क्लबको उल्लेख्य सहभागिता रहेको थियो।

¥यालीमा वहुउद्देश्यीय किसान सहकारी संस्था प्रथम, देविस्थान कृषि सहकारी संस्था द्वितीय, माछापुच्छ«े सेवा समाज तृतीय तथा हेमजा नेवाः खल र देविस्थान भजन समूह सान्त्वना भएका थिए। ती संस्थालाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार, तीन हजार र प्रसंशापत्र प्रदान गरिएको थियो।

महोत्सवको उद्घाटन प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए। त्यस अवसरमा आलु महोत्सवलाई सहयोग गर्ने व्यक्ति तथा किसानलाई सम्मान गरिएको थियो।

यसरी सम्मानित हुनेहरुमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन तरकारी कास्कीका विज्ञ वीरेन्द्रबहादुर हमाल र वेनीबहादुर वस्नेत, प्रथम आलु महोत्सवका संयोजक धर्मराज बास्तोला र स्थानिय किसान जयराम तिमिल्सिना रहेका छन्। उनीहरुलाई ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

त्यसैगरी आलु कृषक गोकर्ण नगरपालिका – ४ काठमाण्डौका सन्तलाल श्रेष्ठलाई नगद १५ हजार, ताम्रपत्र, दोसल्ला र स्थानीय कृषक घनश्याम तिमिल्सिनालाई नगद पाँच हजार, ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

त्यस्तै यस क्षेत्रमा नहर ल्याउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्व.ले. लालबहादुर थापालाई मरोणोप्रान्त सम्मान गरिएको थियो।

यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आलु महोत्सव यस गाउँको पहिचानको रुपमा रहेको बताए ।

‘आलु महोत्सवले यहाँका किसानलाई प्रवद्र्धन गर्ने काम गरेको छ यसका लागि आयोजक धन्यवादको पात्र बनेको छ’–गुरुङले भने–‘यस प्रदेशलाई कृषि क्षेत्रको रुपमा विकास गर्न पनि आलु महोत्सव जस्तै अरु गाउँमा पनि आफ्ना पहिचान झल्कीने कृषि कार्यक्रम हुन जरुरी छ।’

कार्यक्रममा प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ ले उत्पादित वस्तुलाई बजारीकरण गर्न महोत्सव कोषेढुड्डा सावित बनेको बताए।

कार्यक्रममा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, नेपाल बैक लिमिटेड बगरका शाखा प्रवन्धक दिलीप थापा, महिला नगर समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङले बोलेका थिए।

महोत्सवको पहिलो दिन प्रजापति पराजुली, जीवन दाहाल, शंकरबिरही गुरुङ, शिवहरी ढुंगाना, प्रेमराज अधिकारी, शान्ति डोटेल, सरिता लामा र परशुराम अधिकारीको प्रस्तुति रहेको थियो।

महोत्सवमा शुक्रबार चर्चित गायक पशुपति शर्मा, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, लक्ष्मी नेपाली र तुलसा जिसीको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए। उनका अनुसार शुक्रबार बेलुका डिमोर्चा व्याण्ड र ओम गुरुङको पप कन्सर्ट रहने छ।

महोत्सवको उद्घाटनको अवसरमा स्थानीय पुष्पराज तिमिल्सिनाको पहलमा हेलिकप्टरबाट महोत्सव स्थलमा पुष्प वृष्टि गरिएको थियो। महोत्सवमा आलुको मुल्य प्रति केजी ३३ रुपैया तोकिएको छ।

महोत्सवमा टिकट लिएर प्रवेश गर्ने दर्शकमध्य एक जनालाई प्रत्यक दिन गोला प्रथाद्धारा २५ केजी आलु प्रदान गरिने छ।

हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको बेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया बिक्री एवम् प्रदर्शनी, विभिन्न कृषि बिउँ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहने छ।

त्यसैगरी, खुल्ला एकल नृत्य प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्सवको आकर्षणको रुपमा रहेको छ। महोत्सवमा रत्यौली प्रतियोगिता साथै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति र हाँस्य प्रहशन पनि रहने आयोजकले जनाएको छ।

विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले स्वागत र महासचिव बसन्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀