पोखरा, १० चैत । नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको नियत ठिक नभएको टिप्पणी गरेका छन् ।
ट्रेड युनियनलाई कारवाही गर्छु भन्ने मन्त्री पण्डितको भनाइतर्फ संकेत गर्दै उनले त्यस्तो टिप्पणी गरेका हुन् ।
ट्रेड युनियनलाई व्यवस्थित गर्छु भन्नुपथ्र्याै नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेता कुँवरले भने – ‘ट्रेड युनियन अधिकारलाई खोस्ने सपना नदेखे हुन्छ ।’

उनले ट्रेड युनियन अधिकार खोस्न खोज्नु भनेको बहुदलिय व्यवस्था मास्नु खोज्नु भएकाले मन्त्री पण्डित अधिनायकबादतर्फ उन्मुख भएको जिकिर गरे ।
नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ को प्रथम अधिवेशनको पोखरामा शनिवार उद्घाटन गर्दै उनले मन्त्री पण्डितले नेपाली श्रमिक माथि एकाधिकार शैलीमा कब्जा जमाउने सुनियोजित षडयन्त्र गर्न लागेको भन्दै नेपालमा श्रम ऐनले दिएको अधिकार कसैले खोस्न नसक्ने ठोकुवा गरे ।
यात्रु मैत्री यातायात क्षेत्र बन्न सञ्चालक र मजदुरबीच भाइचाराको सम्वन्ध हुनुपर्ने भन्दै उनले कांग्रेसले ल्याएको नीति, सामाजिक सुरक्षा कोष तथा स्वतन्त्र व्यापारमा धावा बोले सरकारलाई छोडनै नसक्ने बताए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं