पोखरा, १० चैत । नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले किरणबाबु पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा दिलबहादुर पराजुली, महिला उपाध्यक्षमा देवी कार्की, सचिवमा अर्जुन खनाल, सहसचिवमा ऐनबहादुर ऐर(सागर), कोषाध्यक्षमा ओमबहादुर श्रीषलाई चयन गरेको छ । समितिको सदस्यमा डिल्लिराम कोइराला, कृष्णबहादुर क्षेत्री (जीवन), गोविन्द पौडेल छन्।
संघका जिल्ला अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष पन्तले विधान बमोजिम ५ जना सदस्य मनोनितगरी संघलाई अघि बढाउने बताए । पन्तले यातायात क्षेत्रमा हुने अनियमितता, मजदुर संगठनले गर्दै आएको मजदुर बिरोधि गतिविधिलाई न्युन गर्दै संघको गरिमालाई उचो राख्ने बताए ।
यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले यातायात क्षेत्रमा सुधार आवश्यक भएको बताए ।
नेपाली श्रम बजारमा यातायात क्षेत्रलाई अझै उपेक्षित गर्दै आएको बताउँदै ट्रेड युनियन अधिकारमा जोड दिए ।
त्यसअवसरमा नेपाल यातायात मजदुर संघका केन्द्रीय सह कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य नवीन सिग्देल, यातायात व्यवसायी प्रेमप्रसाद पौडेल, मजदुर नेताहरु माधव बराल, रामप्रसाद अधिकारी, बलराम लामिछाने, जीतबहादुर गुरुङ, केशव भट्टराई, दामोदर पण्डित, अर्जुन खनाल लगायतले बोलेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं