पोखरा, १० चैत । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखराको महेन्द्रपुलमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले संघका सल्लाहाकार रामकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरी प्रशंसनीय कार्य गरेको बताए ।
त्यसअवसरमा पोखरा उद्योग वाणिज्य संघका सदस्य प्रेमबहादुर भुजेल, कपडा व्यवसायी एशोसियशन पोखराका अध्यक्ष नवीन नापित, कस्मेटिक व्यवसायी एशोसियशन कास्कीका अध्यक्ष जगदिशप्रसाद अधिकारी, संस्थाका निर्वतमान अध्यक्ष गिरिधारी अधिकारी, संस्थाका सल्लाहाकार बलराम आचार्य, रक्त संचार केन्द्रका ध्रुवमणि लामिछानेले बोलेका थिए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघका कास्कीका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रदिपकुमार मुल्मीले स्वागत र महासचिव राजु पौडेलले संचालन गरेका थिए ।
सोही अवसरमा संघले नयाँ वर्ष – २०७५ को अवसरमा प्रकाशित गरेको क्यालेण्डर कार्यक्रमका अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।
२०६४ सालमा स्थापना भएको संघले वार्षिक रुपमा नै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको छ ।
पोखरा उद्योग वाणिज्यले संघले प्रत्यक दुई वर्षमा प्रदान गर्दै आएको उत्कृष्ट बस्तुगत संघ सम्मानबाट फेन्सी तथा रेडिमेड व्यवसायी संघ पुरस्कृत भएको थियो । संघमा चार सय व्यवसायी आवद्व छन्।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं