विमान दुर्घटना बारे

विमान दुर्घटना बारे

29177782_2056136514415119_6989036028346499072_n

विमान दुर्घटनामा परी २२ नेपाली सहित ४९ जनाको मृत्यु भएको छ। यो घटना बारेमा विभिन्न पत्रपत्रिकामा छापिएका समाचारका अंश यहाँ प्रस्तुत गरिएको छ।

कान्तिपूरका लागि सुरज कुँवरले लेखेको समाचार अनुसार,
यो एयरलाइन्ससँग दुर्घटनामा परेकोसहित ७ वटा विमान थिए । यही विमान करिब दुई वर्षअघि बंगलादेशकै सहिदपुर विमानस्थलमा चिप्लिएको थियो । १ सय १३ जनाको ज्यान जाने गरी थाई एयरवेजको विमान दुर्घटना भएको २५ वर्षपछि यो तेस्रो अन्तर्रा्ष्ट्रिय विमान दुर्घटना हो । थाईपछि २०४९ असोजमा पाकिस्तानको पीआईए दुर्घटना हुँदा १ सय ६७ यात्रुको मृत्यु भएको थियो । पाकिस्तानी विमानपछि ठूलो मानवीय क्षति हुने गरी भएको यो तेस्रो ठूलो अन्तर्रा्ष्ट्रिय विमान दुर्घटना हो । यसअघि टर्किस एयरलाइन्सको विमान दुर्घटना भए पनि मानवीय क्षति भएन ।

नेपाल समाचारपत्रका अनुसार,
सोमबार दिउँसो ढाकाबाट काठमाडौं आएको उक्त विमान दुर्घटना भएपछि स्थानीय जनता विमानस्थलपरिसरको विभिन्न भागबाट दुर्घटना भएको विमानतर्फ प्रवेश गरेका थिए । यसले विमानस्थलको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठेको छ ।
दुर्घटनापछि विमानस्थलमा रहेको सुरक्षाकर्मी उद्धारमा खटिएको मौका छोपी विमानस्थलका विभिन्न भागबाट छिरेका सर्वसाधारण रमिते बने पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसकेको समाचारपत्रको समाचारमा उल्लेख छ ।

नेपाली टाइम्स अनुवाद गरी नागरिकन्यूजमा छापिएको कनकमणि दीक्षितको समाचार अनुसार,
काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल धावनमार्गनजिकै दुर्घटना भएको युएस बांगला र विमानस्थलको एयर ट्राफिक कन्ट्रोलबीच अन्तिम चार मिनेटमा भएको संवादले विमानचालकमा धावनमार्ग जिरो टु (दक्षिणतर्फ) र धावनमार्ग टु जिरो (उत्तरतर्फ) बीच अन्योल भएको सम्भावना देखाएको छ।

अस्पतालमा उपचार गराइ रहेकी बंगलादेशकी नागरिक सहरिन अहमदसँगको कुराकानीमा आधारित रहेर नागरिकन्यूजले छापेको समाचारमा यस्तो लेखिएको छ –

धुवाँको मुस्लोबाट बच्न मेले अनुहार छोपें । करिब २० मिनेटजति आत्तिएर बसें । अचानक जहाजको केही भाग खुलेको महसुस भयो । ताजा हावा भित्र छिर्याे । त्यसपछि जीवन जोगिएको जस्तो लाग्यो ।
उद्धारकर्मीले हात समातेर ओराले । ओर्लने क्रममा मैले केही शरीरलाई नाघ्नुपर्याे । कसैको हात चलिरहको थियो । कोही सानो स्वरमा बोल्दै थिएँ। म रोइरहें।

नागरिकन्युजमा उपेन्द्र लामिछाने र खिलक बुढाथोकीले बंगालबाट उडेर आयो आँसुका आँधी शिर्षकको समाचारको यो अंश

 प्रायः बंगालबाट उडेर आउने समुद्री हावाले नेपालमा पानी पार्छ । सोमबार दिउँसो भने बंगालबाट उडेको जहाजले राजधानीमा आँसुको वर्षा गरायो।

ढाकाबाट ३३ नेपालीसहित ७१ जना लिएर उडेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनाग्रस्त हुँदा नेपाल शोकमा डुब्न पुग्यो ।

विमानस्थलमा जहाजबाट निस्केको धुवाँको मुस्लो उड्दै गर्दा नजिकै रहेको काठमाडौं मेडिकल (केएमसी) अस्पतालमा दुर्घटनामा परेकाहरुको आफन्तका आँखाबाट आँसुको वर्षा भइरहेको थियो। ती आफन्तको मात्र हैन, विमानबाट निस्केको धुवाँले आमनेपालीको मन पोलिरह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀