बार्सिलोना/ कास्की सेवा समाज स्पेनको पहिलो अधिवेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ।
कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा शान्ता राणा,केशर थापा,दिनेश कार्की,गणेशराज अधिकारी,दीपक अधिकारी,खेमराज भण्डारी र महेश बञ्जरा चयन भएका छन्।
समाजको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष पूर्ण तिमिल्सिनाले सम्बोधन गरेका थिए।
कार्यक्रममा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव गोबिन्द पौडेल,एनआरएन आईसीसी सदस्य मुक्त बहादुर गुरुङ, एनआरएन स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोल्दै नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गरे।
समाजका अध्यक्ष दिलनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बिशाल ढुंगानाले गरेका थिए।
संरक्षकमा दिलनाथ भण्डारी र केन्द्रिय प्रतिनिधिमा शिब कुमार लामिछानेलाई प्रस्तावित गरेको समाजले जनाएको छ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं