अलि मियाँ लोकवाङ्मय पुरस्कार साहित्यकार, संस्कृतिविद् कार्कीलाई

अलि मियाँ लोकवाङ्मय पुरस्कार साहित्यकार, संस्कृतिविद् कार्कीलाई

DSC00161

पोखरा, २६ फागुन । अलि मियाँ लोकवाङ्मय पुरस्कारबाट पोखरामा बरिष्ठ साहित्यकार, संस्कृतिविद् एवं चलचित्र निर्देशक चेतन कार्कीलाई पुरस्कृत गरिएको छ ।

लोककवि अलि मियाँ शतक जन्म जयन्तीका अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले उनलाई सो पुरस्कार प्रदान गरेको हो ।

विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रको क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै उनलाई पुरस्कृत गरिएको हो। उनलाई दोसल्ला ओढाएर नगद ५० हजार एक सय ११ सहित अभिनन्दन पत्र प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जर्ज जोन, पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामा र अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले संयुक्त रुपमा सम्मान गरेका थिए ।

साहित्यकार हरिदेवी कोइराला संयोजक तथा पदमराज ढकाल र कृष्णप्रसाद पौडेल सदस्य रहेको समितिले पुरस्कारका लागि उनलाई छनोट गरेको थियो ।

८० वर्षिय कार्की यसअघि विभिन्न सात दर्जनभन्दा संघ संस्थाबाट सम्मानित एवं पुरस्कृत भैसकेका छन्। चार दर्जनभन्दा बढि नेपाली चलचित्रमा संलग्न कार्कीका सयौं गित रेडियो नेपाल र टेलिभिजनबाट प्रशारित छन्।

उनका आत्मा बेचेको छैन, हनिमून र ढलेको गिलास (उपन्यास), जुन निदाउन थाल्यो(गित÷कविता), कल्पना टुट चुकी है(हिन्दी÷उर्दू कविता सङ्ग्रह), हतकेलाले सधैं सूर्य छेकिदैन(टुक्रा÷टाक्री सङ्ग्रह), यो मेरो पनि देश हो (गजल सङ्ग्रह) लगायतका साहित्यिक कृति प्रकाशित छन् ।

कार्यक्रममा बोल्दै शिक्षाविद् जर्ज जोनले अलि मियाँ र चेतन कार्कीलाई नजिकबाट चिन्न पाउँनु आफ्ना लागि ठूलो भाग्य भएको बताए ।

सम्मानित व्यत्तित्व चेतन कार्कीले पुरस्कार आफ्ना लागि बोझिलो भएकोभन्दै पोखराले सदैव आफुलाई मूल्यांकन गरेको उल्लेख गरे ।

मुस्लिम धर्म गुरु हाजि नसुद्विन मियाँले राष्ट्रका लागि योगदान पु¥याउनेहरुको उचित कदर गरिनुपर्नेमा जोड दिए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले अलि मियाँलाई सदैव सम्मान गरिनु पर्ने बताए ।

बरिष्ठ पत्रकार बद्रि बिनोद प्रतिकले उर्जाशील समय पोखरामा खर्चेका स्रष्टा चेतन कार्कीलाई सम्मान गरेर प्रतिष्ठानले राम्रो काम गरेको बताए ।

कार्यक्रममा सम्मानित व्यत्तित्वको परिचय प्रतिष्ठानका कोषाध्यक्ष तुलसी प्रवासले गराएका थिए । त्यसअवसरमा अफजल मियाँ, तीर्थराज सुवेदी र धर्मराज पौडेल ‘अल्पायू’ले लोककवि अलि मियाँ सम्वन्धीत रचना वाचन गरेका थिए ।

अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत र सचिव पदमराज ढकालले संचालन गरेका थिए ।

यसअघि फागुन १५ गते अलि मियाँ शतक सम्मानबाट प्रा.गणेशबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

लोककवि अलि मियाँको शतक जन्म जयन्तीको अवसर पारेर वर्षभरी नै विविध कार्यक्रम गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀