पोखरा, १९ फागुन । नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ(काउन) को तेस्रो राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा शुरु हुदैछ ।
‘सुरक्षित रोगजार मर्यादित काम, सामाजिक सुरक्षा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु हुने महाधिवेशन सोमबारसम्म चल्नेछ।
महाधिवेशनमा तीन सय ५० प्रतिनिधि सहभागि हुने छन्। प्रतिनिधिहरु शनिवार नै पोखरा आइपुगेका छन्।
काउनले पोखरामा शनिवार पत्रकार सम्मेनल गरी महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। संघका बरिष्ठ उपाध्यक्ष संजय श्रेष्ठको संयोजकत्वमा गठित व्यवस्थापन समितिले तयारी पूरा गरेको छ।
महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै भावि नीति तथा कार्यक्रम तय गर्ने संघका महासचिव प्रदिप आचार्यले जानकारी दिए।
महाधिवेशन नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले उद्घाटन गर्ने छन्। उद्घाटनपूर्व पोखराको सृजनाचोकबाट शुरु हुने ¥याली न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार लगायतका क्षेत्रका परिक्रमा गर्ने छ।
महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटनसँगै बन्दसत्र र सोमबार नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ।
संघमा हालसम्म तीन लाख ५० हजार श्रमिक आवद्व छन्। देशभरका ५७ जिल्लामा संघ विस्तार भएको छ भने बाँकी जिल्लामा महाधिवेशनपछि जिल्ला समिति विस्तार गर्ने तयारी छ । संघ नेपालमा नेपाल ट्रेड युनियन काँग्रेससँग र अन्र्तराष्ट्रिय रुपमा बिडब्लुआईसँग आवद्व छ।
पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवर, काउनका बरिष्ठ उपाध्यक्ष संजय श्रेष्ठले बोलेका थिए।
काउनका अध्यक्ष जेबि गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव प्रदिप आचार्यले संचालन गरेका थिए।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं