हेमजा, १७ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु भएको छ ।
स्थानीय वीरेठाँटी युवा परिवारले आयोजना गरेको मेला फागुन २१ गतेसम्म चल्नेछ । मेलाको मुख्य आकर्षणमा वडा स्तरीय पुरुष भलिवल, महिला भलिवल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराते तथा तेक्वान्डोको प्रर्दशनी र सांस्कृतिक कार्यक्रम रहेको क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले जानकारी दिए ।
मेला उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका सदस्य सुरेन्द्र पाण्डेले नेपाल विविधताले भरिपूर्ण देश भएको चर्चा गर्दै त्यही विविधतालाई उपयोग गरी नेपालीले आफ्नो आर्थिक हैसियत उकास्नुपर्ने बताए ।
उनले विदेशीहरु नेपालमा मोटर चढ्न नआउने तर्क अगाडि सार्दै नेपालमा ट्रेकिङ्ग मार्गहरुको पहिचान गर्नुपर्नेमा जोड दिए ।
काँग्रेस नेता पाण्डेले नेपाली काँग्रेसले नै इतिहासका हरेक परिवर्तनमा नेतृत्वदायी भुमिका खेलेको भन्दै चुनावमा हारजित स्वभाविक भएकाले चुनाव जित्दैमा उन्माद र हार्दैमा निरास हुने दुवै प्रवृति गलत भएको टिप्पणी गरे ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङले फागुपूर्णिमा मेलालाई पर्यटकीय महोत्सवको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
मोदी गाउँपालिका १ का अध्यक्ष गौप्रसाद गुरुङले संस्कृतिलाई तडकभडक तरिकाले नभई मौलिक तरिकाले मनाउनुपर्नेमा जोड दिए ।
उद्घाटनको दिन कलाकारहरु पार्वती जिसी, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, ज्योति लोहोनी, रामजी पौडेल लगायतले विभिन्न प्रस्तुति राखेका थिए।
मेलाको दोस्रो दिन शुक्रवार कलाकारहरु कुमार पुन, घनश्याम रिजाल, दुर्गा गुरुङ, सरस्वती लामिछाने, तुलसा जिसी, ओम गुरुङ, नरबहादुर राना, दिपक थापा, टेक क्षेत्री लगायतकाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
क्लवका अध्यक्ष चक्रप्रसाद गौचनको (खगेन्द्र) को अध्यक्षतामा सम्पन्न कार्यक्रम स्थानीय विशाल गुरुङले संचालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं