वीरेठाँटीको फाल्गुण पूर्णिमा मेलाको तयारी पूरा

वीरेठाँटीको फाल्गुण पूर्णिमा मेलाको तयारी पूरा

mela

पोखरा, १५ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीले आयोजना गर्न लागेको फाल्गुण पूर्णिमा मेला–२०७४ को तयारी पूरा भएको छ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको छ वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘मेलालाई सभ्य र भव्य बनाउन विरेठाँटीबासि लागेका छन्।’

स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा फागुन १७ देखि शुरु हुने मेला २१ गते सम्म चल्ने छ।

खेलकुदको पहुँचबाट बन्चित युवाहरुलाई विभिन्न खेलकुदमा संलग्न गराउँदै अन्तरनिहीत क्षमता प्रस्फुटन गराउनुको साथै साँस्कृतिक संरक्षण र प्रवद्र्धनमा युवाहरुको ध्यान केन्द्रीत गराउन मेला गरिएको संयोजक टेकबहादुर गुरुङले बताए ।

मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने लगायतका प्रतियोगिता समावेश गरिएको छ। त्यसैगरी सहुलियतमा क्यानोनिङको व्यवस्था गरिएको छ भने मैत्रीपूर्ण परम्परात तारो खेल पनि गरिने छ।

पुरुष भलिबल तर्फ प्रदेश नं. ४ मा रहेका गाँउपालिका अन्तर्गत वडा स्तरीय र महिला भलिबल क्लब स्तरीय गरिएको छ। प्रतियोगितामा एक वडा बाट दुई टिमसम्म सहभागि हुन पाउने छन्।

टिम दर्ता गराउने क्रम जारी रहेकोभन्दै प्रतियोगितामा सहभागिता लागि बुधबारसम्म टिम दर्ता गराउन युवा परिवारले आग्रह गरेको छ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम हुने टिमलाई एक लाख एक सय ११, दोस्रो हुनेलाई ५० हजार पाँच सय पाँच, तेस्रो हुनेलाई २० हजार दुई सय २० सहित प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिनेछ।

महिला भलिबल तर्फ प्रथम हुनेलाई २१ हजार एक सय २१, दोस्रो हुनेलाई ११ हजार एक सय ११ सहित प्रमाणपत्र, मेडल र शिल्ड व्यवस्था गरिएको छ।

त्यस्तै, छेलो हान्ने तर्फ प्रथम र द्वितियलाई फेता, भाङ्ग्रा र प्रमाणपत्र तथा रसि तान्नेमा प्रथम हुनेलाई जंगी भाले सहित प्रमाणपत्र र दोस्रो हुनेलाई भाले सहित प्रमाणपत्र दिइने छ।

मेलाको आकर्षणका रुपमा ख्यातीप्राप्त कलाकारहरुको लोकदोहोरी तथा विविध साँस्कृतिक कार्यक्रम र चर्चित हाँस्य कलाकारको मनोरञ्जनात्मक कार्यक्रम रहने छ।

मेला सम्पन्न गर्नका लागि करिब १६ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
11 Dec · Rastra · USD/EUR
source Nepal Rastra bank
enter Check: 11 Dec 2025 01:00 UTC
Cheap Tramadol Online Latest change: 10 Dec 2025 18:19 UTC
https://thermocomfort.ca/about-us-home-insulation/ API: CurrencyRate
follow link Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://jpdepc.org/contact-us/ Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.95
Indian Rupee 
Indian Rupee
89.92
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.72
US Dollar 
US Dollar
1
11 Dec · FX SourceRastra 
go site Nepal Rastra bank
Online Clonazepam Check: 11 Dec 2025 01:00 UTC
Buy Ambien Without Rx Latest change: 10 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀