आलु गाउँको पहिचान संकटमा

आलु गाउँको पहिचान संकटमा

potato 2
हेमजा, फागुन। बसाइँ सरी आउने मानिसको संख्या तीव्र रुपमा वृद्धिसँगै आलु गाउँका रुपमा परिचित हेमजा क्षेत्रको पहिचान नै संकटमा पर्नेमा चिन्ता व्यक्त गरिएको छ।

हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको दसौं साधारणसभा तथा उपभोक्ता भेलामा बोल्ने वक्ताले सो चिन्ता जाहेर गरेका हुन्।

क्षेत्रीय सिंचाइ निर्देशनालय पोखराका निर्देशक शिशिर कोइरालाले मानिसको चापका कारण हेमजा क्षेत्रको अधिकांश खेतीयोग्य जमिनमा आरसीसी ठूलाठूला घर ठडिन थालेको पाइएको भन्दै खेतीयोग्य जमिनमा गरिने प्लटिङ तुरुन्त रोक्नुपर्नेमा जोड दिए।

उनले व्यङ्ग्यात्मक शैलीमा हेमजामा आलु एवं अन्य तरकारीभन्दा पनि घर छिटो फल्ने बताए । यस्तो प्रवृत्ति केही वर्ष कायमै रहे आलु गाउँको पहिचान नामेट हुने उनको चिन्ता छ ।

उनले अब हेमजावासी आफ्नै उत्पादनमा रम्नुपर्नेमा जोड दिँदै हेमजाका सिंचाइ नहरलाई स्थानीयले आफ्नो जीविकोपार्जनसँग जोड्नुपर्ने आवश्यकता औल्याए।

सिंचाइ डिभिजन कार्यालय पोखराका डिई तुलसीराम भट्टराईले हेमजा सिंचाइ प्रणालीले शाखा विस्तार गरी आफ्नो सिंचित क्षेत्र बढाउनुपर्ने बताए।

उनले हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ मार्फत कृषि सहकारी सञ्चालन गरिनुपर्ने जनाउँदै संघले सिंचाइसँग सम्बन्धित विषयलाई एकीकृत गरी विकास गर्दै लैजानुपर्ने र हेमजालाई कृषि पर्यटनको हवका रुपमा विकास गरिनुपर्ने तर्क अगाडि सारे।

पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले हेमजामा पानीको समानुपातिक वितरण प्रणलीमा जोड दिए।

उनले हेमजामा भएका अन्नपूर्ण र चौरासी नहरको सदुपयोग गरी हेमजावासीले आफ्नो जीवनस्तर उकास्नुपर्ने बताए ।

उनले हाल हेमजामा भइरहेको सडक विस्तार कार्य व्यवस्थित हिसाबले सम्पन्न गर्न वडाले पहल जारी राखेको स्पष्ट पारे। उनले आगामी ५ वर्षभित्र वडाका अधिकांश सडक पिच गरिने आवश्वास समेत दिए।

संघका सल्लाहकार दानबहादुर थापाले जीर्ण नहरको स्तरोन्नतिमा जोड दिँदै स्थानीय नहरको प्रयोग गरेर स्थानीयवासी पालिएको भन्दै ती नहर बालबालिका पाल्ने अभिभावकसँग तुलना गरे।

नेपाली काँग्रेस हेमजाका संयोजक मधुसुदन त्रिपाठीले आफूहरुले कुटो, कोदालो र फालीको प्रयोग गरी नहर निर्माण गरेर हेमजालाई आलु गाउँको रुपमा चिनाउन सहयोग गरेको बताए।

गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ओमबहादुर कुँवरले अझै पनि हेमजाको आधा क्षेत्र सिंचाइबाट टाढा रहेको टिप्पणी गर्दै नहरको शाखा विस्तारमा जोड दिए।

संघका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद तिम्सिनाले स्वागत र सचिव घनश्याम तिम्सिनाले सञ्चालन गरेका थिए। संघमा हाल ४ सय ८५ घरधुरी उपभोक्ता आवद्घ छन्।

कार्यक्रममा सचिव तिम्सिनाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भगवती बचगाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

– अादर्श समाज सम्वाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
13 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 13 Sep 2025 00:55 UTC
Latest change: 12 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.25
Indian Rupee 
Indian Rupee
88.24
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
147.75
US Dollar 
US Dollar
1
13 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 13 Sep 2025 00:55 UTC
Latest change: 12 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀