पोखरा, ११ फागुन । नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्र्तराष्ट्रिय अवार्ड पाएको छ ।
वल्र्ड सिएसआरडेको अवसरमा भारतको मुम्बईमा फेब्रुअरी १८ मा आयोजित विशेष कार्यक्रममा संस्थाले एनजिओ लिडरसीप अवार्ड प्राप्त गरेको हो । सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका एक सय १० वटा संस्थाहरु मध्ये थ्रि एन्जल्सलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
मानव बेचविखन विरुद्धमा थ्रि एन्जल्स नेपालले सफलतापूर्वक कार्य गरेको इकोनोमिक टाईम नाउ नामक अन्र्तराष्ट्रिय स्तरको म्यागेजिनले ठहर गरेको थियो ।

अवार्ड लिनका लागि थ्रि एन्जल्स नेपालका तर्फबाट संस्थाका सचिव विवेक शर्मा ढकाल, पर्वत थापा र रोशन प्रसाई मुम्बई गएका थिए । सो अवसरमा विश्वभरबाट सामाजिक क्षेत्रमा योगदान पु¥याउने संघसंस्थालाई पनि अवार्ड दिइएको थियो ।
यसैबीच एनजिओ लीडरसिप अवार्ड प्राप्त गरेपछि संस्थाले कार्यक्रम आयोजना गरी अवार्डको स्वागत गरेको छ ।
संस्थाको पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ नयागाउँस्थित प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममासंस्थाका अध्यक्ष शारदा खत्री गौतम, प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र गौतम, वित्त निर्देशक डा. मदन थापा विभागीय प्रमुखहरु लगायतले उक्त अवार्ड ग्रहण गरे ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डा. गौतमले अवार्डले मानव बेचविखन मुक्त नेपाल निर्माणका लागि संस्थालाई ठूलो प्रेरणा मिलेको उल्लेख गरे ।
थ्रि एन्जल्स नेपालले विभिन्न दातृ निकायको सहयोगबाट निकै कठिनाईपूर्वक काम गरिहेको र हजारौँ व्यक्तिहरुलाई बेचविखनको चपेटामा पर्नबाट जोगाउन यो पुरस्कार देशकै लागि गौरवको विषय भएको संस्थाका अध्यक्ष शारदा खत्री गौतमको भनाइ छ ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं