पोखरा, ८ फागुन । सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै विप्लव नेतृत्वको नेकपाले मङ्गलबार नेपाल बन्द आव्हान गरेको छ।
पक्राउ गरिएका नेताहरुको रिहाइको मागगर्दै बन्द आव्हान गरेको हो। राष्ट्रिय युवा जनस्वयंमसेवक नेपालको तेस्रो महाधिवेशनको उद्घाटनमा सहभागिहुन जाने क्रममा फागुन ६ गते सो पार्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। सो पार्टीले पक्राउको विरोध र रिहाईको मागगर्दै आएको छ।
बन्दले जनजीवन प्रभावित पारेको छ। कतै आंशिक , कतै पूर्ण प्रभाव परेको छ भने कतै प्रभाव नै नपरेको समाचार प्राप्त भएको छ।
काठमाण्डौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् । नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ ।बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।
कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधनमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको जनकपुरधाममा बन्दको प्रभाव परेको छैन । यातायातका साधन चलिरहेका छन् । निजी विद्यालयहरु बन्द भए पनि सरकारी विद्यालयहरु भने खुलेका छन् ।
भोजपुरमा विहानैदेखि बन्दको प्रभाव छ । गोर्खा सदरमुकाममा पनि यातायात र बजार बन्द छ ।बाँके पनि बन्दले प्रभावित बनेको छ । उता हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा भने प्रेसरकुकर बम फेला परेको छ ।
पोखरामा भने बन्दको प्रभाव छ ।पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्ग ठप्प छ। पोखराका मुख्य शहरी क्षेत्रमा केहि निजी सवारी साधन चलेपनि सार्वजनीक सवारी साधन चलेका छैनन् भने पसलहरु बन्द छन्। विद्यायलहरु पनि खुलेका छैनन्।
रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । सुर्खेतमा सवारी साधन फाट्टफुट्ट चले पनि मुख्य बजार र शिक्षण संस्था खुलेका छैनन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं