क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने करणलाई सम्मान

क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने करणलाई सम्मान

karan

पोखरा, ८ फागुन / आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा खेलका नायक करण केसीलाई पोखरामा सम्मान गरिएको छ ।

पोखरा क्रिकेट क्लब (पिसिसी) ले सोमबार एक कार्यक्रमका बीच उनले नेपाललाई एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न महत्वपूर्ण योगदान पु¥याएकोमा सम्मान गरेको हो । क्लबका अध्यक्ष निकेश श्रेष्ठ, उपाध्यक्ष उत्सव शाक्य, दुर्गा चन्द, सिद्धार्थ श्रेष्ठ, चन्द्र गुरुङ जिम्मी, गोविन्द प्रधान, विजय भुजेल लगायतले उनलाई खादा, बुके र कदर पत्रका साथ सम्मान गरे ।

क्लबका अध्यक्ष श्रेष्ठले पोखराबाटै खेल्ने केसीले राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएकोमा खुशी लागेको जनाउँदै यस्त प्रदर्शनको निरन्तरताको अपेक्षा गरे । क्रिकेटर केसीले आफूले राष्ट्रको लागि सक्दो खेल्ने प्रतिबद्धता जनाउँदै क्रिकेटप्रेमी नेपालीको यस्तै साथको आशा गरे ।

बाग्लुङमा जन्मेका केसीले पोखरामा ८ महिनाअघिदेखि राइजिङ पोखरा क्रिकेट एकेडेमी सञ्चालन गरेका छन् । उनको टीम पिसिसीले दुई साता अघि पोखरामा आयोजना गरेको क्रिकेट कपमा उपविजेता टोली हो । केसीले सानै उमेरदेखि क्रिकेट खेलमा मोह जगाउने र खेलाडी उत्पादन गर्ने लक्ष्यले एकेडेमी सञ्चालनमा ल्याएको बताए । तीन वर्षअघिदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका केसी पछिल्लो समय हिरो बने ।

क्यानडालाई एक विकेटले जितेको सो खेलमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एक रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पु¥याए । करणको वाहवाही सुरु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀