सकियो म्याराथन, मुख्यमन्त्री र मेयरको दौंड हेरौं (बिजेता सबैको नामाबलिसहित)

सकियो म्याराथन, मुख्यमन्त्री र मेयरको दौंड हेरौं (बिजेता सबैको नामाबलिसहित)

1V6A0705

पोखरा, ७ फागुन । १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागिय धावकहरुको बर्चश्व रहेको छ ।

पोखरामा सोमबार सम्पन्न १२ औं पोखरा म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राईले हासिल गरेका छन् । उनले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पुरा गरेका थिए । जित संगै उनले नगद ७० हजार प्राप्त समेत गरे ।

यसैगरी, नेपाली सेनाका हरीकुमार रिमालले २ घन्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदै नगद ४५ हजार प्राप्त गरे । नेपाली सेनाका लालबहादुर थापाले २ घन्टा ३९ मिनेट ३२.४ सेकेण्डमो दौड पुरा गर्दै तेश्रो भए । उनले नगद ३५ हजार पाए । शसस्त्र प्रहरी गणेश ठकुरी २ घन्टा ४५ मिनेट ४५.२ सेकेण्डमा चौथो हुँदै सान्त्वना स्वरुप नगद ५ हजार प्राप्त गरे । पोखरा म्याराथनमा १ सय १३ जना सहभागि थिए ।

१० किलोमिटर पुरुषतर्फको क्याटोगरीमा नेपाली सेनाले बाजी मारेको छ । यसतर्फ नेपाली सेनाका रामजी बस्नेत प्रथम, कल्याण बाँनिया द्वितिय र मिलन कार्की तृतिय भए । उनीहरुले क्रमशः नगद १५, १० र ५ हजार प्राप्त गरेका थिए । पुरुष १० किलोमिटर दौडमा ५ सय २१ जनाको सहभागिता रहेको थियो ।

१० किलोमिटर महिलादौडमा सहभागि ६३ जनालाई उछिन्दै शसस्त्र प्रहरी बलकी बिन्द्रा धन्के श्रेष्ठ प्रथम भइन् । नेपाली सेनाकी सरीता बाशी दोश्रो र शसस्त्र प्रहरी बलकी स्वास्तिका श्रेष्ठ तेश्रो भइन् । उनीहरुले क्रमशः नगद १५, १० र ५ हजार प्राप्त गरे ।

५ किलोमिटर छात्रतर्फ ८ सय ५१ जना प्रतिष्प्रर्धीलाई उछिन्दै जेशिज मावि भक्तपुरका सागर श्रेष्ठ प्रथम भए । ड्याफोडिल मावि पोखराका मनिस कार्की दोश्रो भए भने सृजन सेवा माविका मदन ओलीले तेश्रो स्थान हात पारे । बिजेताहरुले क्रमशः नगद १०, ७ र ४ हजार प्राप्त गरेका थिए ।

छात्रातर्फ लक्ष्मी सेकेण्डरी माविकी ललिता लामिछाने प्रथम भइन् भने सहिद स्मृति माविकी माधुरी देवी नर्कमी दोश्रो र शिशु कल्याण माविकी कृती थापा तेश्रो भइन् । उनीहरुले क्रमशः नगद १०, ७ र ४ हजार प्राप्त गरे । छात्रातर्फ ५ किलोमिटर दौडमा ३ सय २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

४ सय मिटर पुरुष ह्विलचियर दौडमा शुरेस गौली प्रथम, भरत अधिकारी द्वितिय र बल बहादुर रोक्का तृतिय भए । महिलातर्फ लक्ष्मी सुनार, अन्जु बराल र पुनम बिके क्रमशः प्रथम, द्वितिय र तृतिय भए । उनीहरुले क्रमशः ५, ३ र २ हजार नगद पाए ।

पहिलो पटक आयोजना भएको १ सय मिटर दृष्टीबिहिन पुरुषतर्फ दौडमा आशिष खड्गी, दुर्गादत्त पौडेल र राजन चन्द क्रमशः प्रथम द्वितिय र तृतिय भएका छन् भने महिलातर्फ माया गौतम, बिपना खनाल र मुना अर्याल क्रमशः प्रथम द्वितिय र तृतिय हुँदै नगद क्रमशः ५, ३ र २ हजार प्राप्त गरेका छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरामा ‘रन फर फन’ इभेन्टमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसि लगाएत करिब ३ हजार पोखरेलीहरु रङशालामासंगै दौडिएका थिए ।

कार्यक्रममा खेलकुदको क्षेत्रमा विशेष योगदान गरे वापत राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट र कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहलाई सम्मान गरिएको थियो ।

मुख्यमन्त्री र मेयर दौडमा सहभागि हुदैं

कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले खेलकुद विकासका लागि योजनाका साथ अगाडी बढ्ने बताए । उनले हरेक पालिकामा स्तरीय खेल मैदान निर्माण गर्ने प्रतिवद्धता अनुरुप संघिय प्रदेशले कार्य गर्ने बताए ।

 बिजयी खेलाडीलाई प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रतियोगिताका प्रमुख प्रायोजक संस्था लक्ष्मी हाउस ग््रुपका कार्यकारी अध्यक्ष गणेश बहादुर श्रेष्ठ, सहारा युकेका सल्लाहाकार महेश गुरुङ, दिलराज गुरुङ, सिइओ धनु थकाली, राखेपका विभागिय प्रमुख बासुदेव आचार्य, एढ्भेन्चर स्र्पोट्सका निर्देशक शिखर पाण्डे लगाएतले खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम भुतपूर्व खेलाडी मंचका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀