वाइवाइ मिसेस कल्चर बनिन् ज्ञानु तामाङ

वाइवाइ मिसेस कल्चर बनिन् ज्ञानु तामाङ

IMG-f2ccaaf54f82bb92807769cb0c2399c9-V

पोखरा, ७ फागुन । दोस्रो वाईवाई मिसेस कल्चर नेपाल–२०७४ को उपाधी लामाचौर पोखराकी ज्ञान तामाङले हात पारेकी छन् ।

उनले मस्ट कन्फिडेन्ट र मस्ट पपुलरको टाइटल समेत हात पारेकी हुन् । विजेता ज्ञानु तामाङले चाँदीको क्राउन सँगै भिजि अटो मोवाइल्सको स्कुटर समेत प्राप्त गरिन् ।

पुष्पाञ्जली फेसन एण्ड एभेण्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ कल्पना गुरुङ, सेकेण्ड रनर अफ माया गुरुङ, थर्ड रनर अफ सोनु मल्ल खाँड, फोर्थ रनर अफ रविना खातुन, भ्यूवर च्वाइस हरकाशी गुरुङ, अर्गनाइजर च्वाईस हरिकला तिमिल्सिना बराल र मस्ट ट्यालेन्टमा सरिता शाही ठकुरीले जित्न सफल भएका छन् ।

प्रतियोगितामा वेष्ट हेयर सविता रानाभाट, मस्ट फ्रेण्डली हरिकला बराल, बेस्ट स्किन सृजना श्रेष्ठ, वेस्ट फिगर मुना बस्नेत, मस्ट ब्युटिफुल सोनु मल्ल खाँड, वेस्ट डान्स÷ वेस्ट पर्फमेन्स कल्पना गुरुङ, वेस्ट स्माईल माया गुरुङ, मस्ट एक्टिभ ममता गुरुङ, मस्ट हेल्पफुल हरकाशी गुरुङ, मस्ट डिसिपिलिङ देवीका तामाङ, वेस्ट क्याटवाक सरिता शाही ठकुरी, वेस्ट क्रियटिभ कल्चरल ड्रेस रविना खातुन, मस्ट क्रियटिभ तीलमाया सुवेदी भण्डारी, मस्ट इन्टिलिजेन्ट अरुणा थापा, मस्ट फोटो जेनिक दुर्गा खड्का घोषित भए ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा १७ जना प्रतियोगी सहभागी थिए । गत पुसमा शुरु भएको प्रतियोगितामा कुल ३२ जना सहभागी रहेका थिए । उनीहरूले नेपालका विभिन्न जातजातिका भेषभूषा झल्काएका थिए ।

कार्यक्रमको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले पोखरा पर्यटकीय नगरी रहेकोले संस्कृति र पर्यटनको सम्बन्धलाई विकास गर्नुपर्ने र त्यसको लागि महानगर सँधै तयार रहेको बताए ।

पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिकी अध्यक्ष शोभा गौतमले संस्कृति संरक्षणको निम्ति आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरूको निरतरता दिने बताइन् । सो अवसरमा पोखरामा क्रियाशील विभिन्न आमा समूहलाई पनि सम्मान गरिएको थियो । जसमध्ये घारीकुलो आमा समूह वडा नं. १७, प्रगति आमा समूह वडा नं. ८, अन्नपूर्ण आमा समूह वडा नं. ६, लक्ष्मीनारायण आमा समूह वडा नं. ३, धरहरा आमा समूह वडा नं. ११, महिला मिलन समूह वडा नं ३ रहेका थिए ।

कार्यक्रमको निर्णायकमा पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुनिल मर्सानी, साहित्यकार तथा लेखक रेशम गिरी, ह्याप्पी बोर्डिङ स्कूलका प्रमुख कविराज बराल, मिस कल्चर–२०१६ कि बिजेता पवित्रा लामिछाने र मिसेस कल्चर–२०१६ कि बिजेता प्रतिमा शर्मा आचार्य रहेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा
उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक
डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा
फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀