पोखरा, ६ फागुन। मानवशास्त्र विषय ओझेलमा परेकोप्रति मानवशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन्।
उनीहरुले मानवशास्त्रको महत्व समाज र राष्ट्रलाई बुझाउनुपर्ने आवश्यकता औल्याएका छन्।
ओझेलमा परेको मानवशास्त्र विषयलाई माथि उठाउनका लागिभन्दै पोखरामा दुई दिनसम्म राष्ट्रियस्तरको छलफल चलाइएको छ। नेपाली मानवशास्त्रको सवाल, प्रवृत्ति र वहस विषयमा छलफल चलाइएको हो।
फागुन ४ र ५ गते आयोजित कार्यक्रममा मानवशास्त्रका प्राध्यापक, विद्यार्थी र स्वतन्त्र अनुसन्धानकर्ता गरी ८० जना सहभागि थिए। कार्यक्रममा मानवशास्त्रका विषयमा ३३ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा मानवशास्त्री प्रा.डा ओम गुरुङले मानवशास्त्रले समेट्ने मुद्वा, अहिलेसम्मको अवस्था र भविष्यको बारेमा छलफल गरिएको बताए।
समाजशास्त्र र मानवशास्त्रको पढाई एउटै विभागमा हुदाँ एउटै विषय हो भन्ने बुझाई छ उनले भने – ‘दुई विषय एकअर्कासँग नजिकका विषय भएपनि एउटै हैनन्।’
एउटै विषय हो भन्ने बुझाईले समाजशास्त्र÷समाजशास्त्र भनिदाँ मानवशास्त्र ओझेलमा परेको उनको भनाइ थियो।
उनले नेपाल जस्तो जातिय, भाषिक र सांस्कृतिक विविधता भएको मुलुकमा मानवशास्त्रको सान्दर्भिकता झनै बढि रहेको बताए। मानवशास्त्री गुरुङले सामाजिक विकासमा मानवशास्त्रले योगदान गर्ने बताए।
पहिचान, स्वायतत्ता, आरक्षण, समावेशीता जस्ता महत्वपूर्ण विषयमा मानवशास्त्रीले गरेको अध्ययन महत्वपूर्ण हुने उनको भनाइ छ।
मानवशास्त्र केन्द्रीय विभागका सदस्य भानु तिम्सिनाले संसार चिनाउने विषय नै मानवशास्त्र भएकोभन्दै मानवशास्त्र विषयको महत्वलाई समाज र राष्ट्रले बुझ्नुपर्नेमा जोड दिए।
उनले राजनीति, परिवर्तन र विकास निर्माण जे नाम दिएपनि ती सवै विषय मानवशास्त्र भएको उल्लेख गरे।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस मानवशास्त्र विभागका प्रमुख सूर्यभक्त सिग्देल र उपप्राध्यापक अमृतकुमार भण्डारीले बोलेका थिए।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं