प्रधानमन्त्री ओलीको ….. निर्देशनप्रति काँग्रेसको आपत्ति, ‘क्याबिनेट सिस्टम’को खिल्लि नउडाउन चेतावनी

प्रधानमन्त्री ओलीको ….. निर्देशनप्रति काँग्रेसको आपत्ति, ‘क्याबिनेट सिस्टम’को खिल्लि नउडाउन चेतावनी

congress

प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । थापाले अघिल्लो सरकारले गरेका निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा उल्ट्याइए त्यसले ‘क्याबिनेट सिस्टम’ को नै धज्जी उड्ने बताए । ‘हाम्रो सरकारले गरेका निर्णय संविधान र कानुनसम्मत छन् । नयाँ सरकारका लागि राजनीतिकसम्मत मात्र नभएका हुन्,’ उनले  भने, ‘राजनीतिक पूर्वाग्रह राखेर चुनाव भइसकेपछि किन निर्णय गरेको भनेर उल्ट्याउन त सक्नुहुन्छ । तर, यसले ‘क्याबिनेट सिस्टम’मा नकारात्मक असर पार्छ । एउटा सरकारले गरेको निर्णय अर्को सरकार आएर उल्ट्याउने संस्कृतिको विकास हुन्छ ।’ प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्वाचनपछिका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

यस्तो छ कांग्रेसको रणनीति
अघिल्लो सरकारले गरेको निर्णय उल्ट्याए कांग्रेस सत्तामा आएपछि वर्तमान सरकारले गरेका निर्णयमा पनि पुनर्विचार गर्न बाध्य हुने रणनीति तय गर्ने भित्री योजनामा कांग्रेस छ । ‘कांग्रेस अब कहिल्यै सत्तामा नआउने पार्टी होइन, एकपटक निर्वाचनबाट केही खुम्चियो भन्दैमा सधैँ सत्ताबाहिर पक्कै रहँदैन,’ थापाले भने, ‘संविधान ऐन र कानुनअनुरूपका निर्णयको जस–अपजस कांग्रेसले लिन्छ । सत्तामा नरहे पनि संसद्मा त हुन्छ, जनतामाझमा हाम्रो उपस्थिति बलियै छ ।’

सरकारलाई सहयोग गर्ने कि विरोध गर्ने भन्ने विषय उसको क्रियाकलापमा भर पर्ने कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यदि अहिलेको सरकार मनपरी ढंगले अघि बढे ‘टिट फर ट्रयाट’को रणनीतिमा कांग्रेस अघि बढ्ने बताए । ‘गिरिजाप्रसाद कोइरालाको जीवनीका विषयमा दुईवटा किताब निस्किएका छन्, भोलुम १ र २ । भोलुम १ मा उहाँ एकलौटी ढंगले अघि बढेकाले सोचेजति सफलता हात पार्न नसकेको उल्लेख छ । भोलुम २ मा अन्य दलसँगको सहमतिमा अघि बढेपछि २४० वर्षे राजसंस्थासमेत फालेर गणतन्त्र ल्याउने नेतृत्व गरेको उल्लेख छ,’ शर्माले भने, ‘प्रधानमन्त्री केपी ओली भोलुम १ अन्तर्गत अघि बढ्नुहुन्छ कि २ अनुरूप, त्यो उहाँमा भर पर्छ । कांग्रेस उहाँको कार्यशैली हेरेर बसेको छ ।’ अघिल्लो सरकारका निर्णय वर्तमान सरकारले उल्ट्याए संसद्मा सशक्त आवाज उठाउने र ती एजेन्डालाई जनतासमक्ष बहसमा लैजाने तयारी कांग्रेसको छ ।

सिफारिस फिर्ता लिन नमिल्ने तर्क
निवर्तमान कानुनमन्त्री थापाले अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको तीनजनाको नाम फिर्ता लिने तयारीको विरोध गरे । राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले अनुकूल र प्रतिकूल हेरेर निर्णय लिन नहुने उनको भनाइ छ । ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले कानुनसम्मत कार्यकारी निकायले गरेको सिफारिस स्वीकृत गर्नुपर्छ, जुन विश्वव्यापी परम्परा हो,’ थापाले भने, ‘मुलुकको अभिभावकले पनि राजनीतिक ब्याकराउन्ड हेरेर आफ्नो अनुकूल र प्रतिकूलताका आधारमा कार्यकारी निकायले कानुनसम्मत निर्णय गरी पठाएका विषय कुनै स्वीकृत गर्ने, कुनै फिर्ता पठाउने गर्न मिल्दैन ।’ सरकारले नाम फिर्ता लिएर नयाँ पठाए आफूहरू जनतासामु जाने र संसद्मा सशक्त प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

स्रोत ः नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
11 Feb · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Feb 2025 00:30 UTC
Latest change: 10 Feb 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
139.97
Indian Rupee 
Indian Rupee
87.44
US Dollar 
US Dollar
1
Euro 
Euro
0.97
British Pound 
British Pound
0.81
Australian Dollar 
Australian Dollar
1.59
Japanese Yen 
Japanese Yen
152.14
US Dollar 
US Dollar
1
11 Feb · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Feb 2025 00:30 UTC
Latest change: 10 Feb 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀