पोखरा, ५ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त आयोजनामा शनिवार वृहत सचेतना ¥याली निकालिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान–२०७४ अन्तर्गत लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना ¥याली निकालिएको हो।¥यालीको पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरेका थिए।
¥याली पोखरा लेखनाथ महानगर पालिका वडा नं. १ वगरको टुडिखेलबाट शुरु भई विन्ध्यबासिनी, मोहोरीया टोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, नदिपुर, क्याम्पस गेट, ट्याक्सीचोक हुदै पुन टुडिखेलमा आएर सभामा परिणत भएको थियो।
¥यालीमा कास्कीमा रहेका विभिन्न संघ संस्था, आमा समूह, क्लब, विद्यालय, भजन समूह लागयतले विभिन्न झाकी, प्ले कार्ड सहित वृहत सहभागिता जनाएका थिए।
¥यालीमा विभिन्न विधामा उत्कृत्ष्ट हुनेलाई पुरस्कृत पनि गरिएको थियो। विद्यालयतर्फ चिसाखोला वेदविद्याश्रम, संघसंस्थातर्फ मुक्तिनाथ विकास बैक, आमा समूह तथा क्लबतर्फ सिद्धार्थ आमा समूह सिम्पानी, भजन समूहतर्फ देविस्थान भजन समूह उत्कृष्ट भएका थिए।
ती संस्थालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंह र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक सिंहले लागु औषध नियन्त्रण गर्नका लागि सवैको साथ र सहयोगको खाँचो रहेको बताए।
‘लागु औषध नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्रै संम्भव छैन’–सिंहले भने–‘नियन्त्रणमा सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं।’
लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विविध सचेतना मूलक कार्यक्रम आयोजना गरेको जानकारी दिदै यस्ता खालका कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने उल्लेख गरे।
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा, वडा नं. १६ का वडा अध्यक्ष जीवन आचार्य ¥याली तथा झाँकी मूल्याड्ढन समितिका संयोजक तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका उपाध्यक्ष मनपति भण्डारीले बोलेका थिए।
कार्यक्रममा लोकदोहोरी गायक शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, माया गिरी, सरस्वती परियारको विशेष प्रस्तुति रहेको थियो। राष्ट्रिय उच्च माविकी छात्रा रितु केसीले सचेतना मुलक अभिनय गरेको कार्यक्रममा देविस्थान भजन समूह र कास्की जिल्ला शारिरिक सुगठनबाट पनि प्रस्तुति रहेको थियो।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा केन्द्रका सहसचिव वसन्त बास्तोलाले स्वागत र लोक दाहोरी गायक सुरेन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
सामुदायिक सेवा केन्द्र एव्म सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले समाजमा रहेका विकृति विसंगती न्यूनिकरणका लागि मिति २०५९ सालमा स्थापना भइ विभिन्न सचेतनामूलक तथा समाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं