पोखरा, ३ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना ¥याली निकालिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान–२०७४ अन्तर्गत फागुन ५ गते शनिवार बिहान १०ः३० बजे लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना ¥याली निकालिन लागिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिइन् ।
¥याली पोखरा लेखनाथ महानगर पालिका वडा नं. १ वगरको टुडिखेलबाट शुरु भई विन्ध्यवासिनी, मोहोरीया टोल, भिमसेन टोल, नालाको मुख, गैह्रापाटन, नदिपुर, क्याम्पस गेट, भिमकालीपाटन हुदै पुन टुडिखेलमा आएर सभामा परिणत हुने छ ।

¥यालीलाई सफल बनाउनका लागि विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न संघ संस्था, आमा समूह, क्लब, टोल विकास संस्था, लागु औषध नियन्त्रण महाअभियान वडा स्तरिय समितिबाट लागु औषध सम्वन्धि प्लेकार्ड सहित उपस्थित हुन अधिकारीले आग्रह गरिन् ।
‘समाजमा जनचेतना जागाउनका लागि पनि ¥यालीको आयोजना गरिएको हो’–अधिकारीले भनिन्– ‘¥यालीमा सहभागि भइ कार्यक्रम सफल बनाउनका लागि यहाँहरुसँग अनुरोध गर्दछु।’
लागुऔषध विरुद्व जनमत निर्माणका लागि ¥याली गर्न लागिएको कार्यक्रम संयोजक तथा केन्द्रका सहसचिव बसन्त बास्तोलाले जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र एव्म सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले समाजमा रहेका विकृति विसंगती न्यूनिकरणका लागि २०५९ सालमा स्थापना भइ विभिन्न सचेतनामूलक तथा समाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं