लायन्स आदर्श चौतारीको बृहत स्वास्थ्य शिविर

लायन्स आदर्श चौतारीको बृहत स्वास्थ्य शिविर

DSC09956

पोखरा, २८ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले तनहुँको व्यास नगरपालिका वडा नं ५ नेपालटारमा बृहत स्वास्थ्य शिविर गरेको छ।

पोखरा अस्पताल प्रा.लिको प्राविधिक सहयोग तथा फोक्सिङ सामुदायिक वन उपभोत्ता समूहको स्थानीय व्यवस्थापनमा आयोजित शिविरबाट १२ सय जना लाभान्वित भएका छन्। शिविरमा उपचार तथा परामर्श सेवा सहित निःशुल्क औषधी वितरण गरिएको थियो।

पोखरा अस्पतालका बरिष्ठ चिकित्सक प्रा.डा गोपीप्रसाद हिराचन नेतृत्वकोे ३० जना स्वास्थ्यकर्मीको टोलिले उपचार सेवा प्रदान गरेका थिए। टोलीमा डा. केशव शर्मा, डा. ऋचा श्रेष्ठ, डा. रामजी बराल, डा. नवीन त्रिपाठी र डा. मनिशा कोइराला लगायत सहभागि थिए।

शिविरमा बाल रोग, पेट, छात्ति तथा मुटु रोग , स्त्री रोग, छाला तथा यौन रोग, हाड, जोर्नी तथा नशा रोगको उपचार सेवा प्रदान गरिएको थियो भने भिडियो एक्सरे, इसिजि, ल्याब सेवा पनि उपलव्ध गराइएको थियो।

फष्ट भाइस डिष्टिक ३२५ बी वानका गभर्नर अशोककुमार श्रेष्ठले बरिष्ठ चिकित्सक प्रा.डा गोपीप्रसाद हिराचनलाई स्थेस्कोप हस्तान्तरण गरी शिविर उद्घाटन गरेका थिए। उनले लायन्स समाज सेवा अभियान भएको उल्लेख गरे। सेवा नै ठूलो धर्म हो उनले भने – ‘अरुलाई सक्दो सहयोग गरी सेवा गरौ।’

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका एक्सटेन्सन चियर पर्सन कमल बस्नेतले सवै मिलेर समाजका लागि योगदान दिनुपर्ने आवश्यकता औल्याए।

व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले आगामी वर्ष लायन्ससँग सहकार्यगर्दै वडामा ठूलो स्वास्थ्य शिविर राख्ने प्रतिवद्वता व्यक्त गरे।

पोखरा अस्पतालका व्यवस्थापक शिवप्रसाद कोइरालाले समुदायको हितका लागि अस्पतालले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्दै आएको बताए।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा फोक्सिङ सामुदायिक वन उपभोत्ता समूहका अध्यक्ष सुन्दर बरालले स्वागत, क्लबका संस्थापक अध्यक्ष बासुदेव कोइरालाले धन्यवाद ज्ञापन र सचिव शिव नेपालीले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀