एमालेले आज दलको नेता चुन्ने

एमालेले आज दलको नेता चुन्ने

Logo_of_CPN_(UML)

सन्तोष पोखरेल

पोखरा – प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्।

संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागिपरेका छन् । दुवैजना दलको नेता बन्ने चाहनासहित दौडधूप र भेटघाटमा व्यस्त छन् । वाम गठबन्धनका वरिष्ठ नेताहरूले भागबन्डामा एमालेलाई प्रदेश–४ को मुख्यमन्त्री पारेपछि दलको नेता बनेर मुख्यमन्त्री हाँक्ने आकांक्षामा गुरुङद्वय लागिपरेका छन्।

गुरुङद्वयको प्रतिस्पर्धाले दलको नेता को हुने भन्ने निकै नै रोचक बनेको छ । प्रदेशभित्र सम्बन्धित दलको संसदीय दलको नेता नै मुख्यमन्त्रीको दाबेदार बन्ने प्रावधान छ । प्रदेशमा एमालेका २७ जना सदस्य छन्।

माओवादी केन्द्रसँगको गठबन्धनसहित प्रदेशमा एमालेसँग बहुमत सदस्य संख्या भएकाले एमालेमा चुनिएका दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का भएकाले गुरुङद्वयबीच निकै नै प्रतिस्पर्धा रहेको छ।

दुईजना वरिष्ठ नेताबीच प्रतिस्पर्धा भएपछि कसलाई दलको नेता छान्ने भनेर बहस चलिरहेको नेताहरूको भनाइ छ । सकेसम्म सहमतिबाटै एकजना नेता चुन्ने प्रयास पनि दलभित्र भइरहेको छ । एमाले–४ का सहसंयोजक गणेश तिमिल्सेनाले दुईजना नेताबीच प्रतिस्पर्धा रहेकाले सकेसम्म सहमतिमा एकजना टुंगो लगाउने प्रयास भइरहेको बताए ।
‘सहमतिमा चुन्न नसके निर्वाचन प्रक्रियामा जाने हो । निर्वाचन प्रक्रिया निकै नै उपयुक्त विधि पनि हो,’ उनले भने, ‘तर, सकभर सहमति गर्ने प्रयास चलिरहेको छ ।’ सहमतिमा एकजना चयन गर्न नसके प्रदेश सदस्यले मतमार्फत संसदीय दलको नेता चुन्नेछन्।

प्रतिस्पर्धी दुवैजना नेताले कुनै पनि हालतमा आफू दलको नेता हुनुपर्ने अडान राख्दै आएका छन् । सहमति जुट्न नसके निर्वाचनमा जानुपर्ने पनि उनीहरू दुवैको अडान रहिरहेको छ । कुनै पनि हालतमा आपूm ‘ब्याक’ नहुने तर निर्वाचनमा जान परे पनि तयार रहेको उनीहरूको भनाइ छ।

अहिलेसम्म मुख्य राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रमध्ये कुनैले पनि प्रदेशको नेता छानेका छैनन्। तीनवटै दलमा एकभन्दा बढी व्यक्ति दलको नेता बन्ने दौडमा छन् । सबैभन्दा बढी टक्कर ठूलो दल एमालेमा छ।
दलको नेता छान्न माओवादी केन्द्रको शनिबार बैठक बसेको छ । माओवादी केन्द्रमा हरिबहादुर चुमान र नेत्रनाथ अधिकारी प्रतिस्पर्धामा छन्् । प्रदेशमा माओवादी केन्द्रका १२ जना सदस्य छन् । शनिबार बेलुकी अबेरसम्म भए पनि नेता छानिने माओवादी केन्द्रका कास्की संयोजक बखानसिंह तमुले बताए । ‘शनिबार दिउँसो अबेर बैठक सुरु भएको छ । रातिसम्म भए पनि दलको नेता चुन्ने हो,’ उनले भने।

भागबन्डमा सभामुख माओवादीलाई परेपछि दलका नेताका दुईजना प्रतिस्पर्धीमध्ये एकजनालाई सभामुख र अर्का एकजनालाई दलको नेता बनाउने गरी सहमतिको प्रयास भइरहेको माओवादी नेताको भनाइ छ।

प्रदेशभित्रको दोस्रो ठूलो दल कांग्रेसले पनि अहिलेसम्म संसदीय दलको नेता छानेको छैन । प्रदेश–४ को संसदीय दलको नेता चुन्ने जिम्मा गोपालमान श्रेष्ठलाई दिएको छ । कांग्रेसमा कृष्णचन्द्र नेपाली, मणिभद्र शर्मा र बिन्दुकुमार थापा संसदीय दलको नेता बन्ने आकांक्षामा छन् । कांग्रेसले पनि केही दिनभित्रै दलको नेता छान्ने बताएको छ ।

स्रोत ः नागरिकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀