सहमतिपछि विद्यार्थीको आन्दोलन रोकियो, नेवि संघले शवयात्रा गर्दै

सहमतिपछि विद्यार्थीको आन्दोलन रोकियो, नेवि संघले शवयात्रा गर्दै

27657555_1822388468058395_2986250135096325839_n

पोखरा, २४ माघ। पोखरामा विद्यार्थीहरुले शुरु गरेको आन्दोलन सहमतिपछि रोकिएको छ।

संयुक्त विद्यार्थी संघर्ष समिति, पोखरा नगर बस व्यवसाय समिति र प्रशासनबीच भएको वार्ता सहमतिमा पुगेपछि आन्दोलन रोकिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। सहमतिपछि बिहानदेखि रोकिएको पोखरा नगर बस सेवा पनि सूचारु भएको छ।

वार्तामा दोषी चालकमाथि हदैसम्मको कारवाही गर्ने, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँने, पिएन क्याम्पसलाई लक्षित गरी साँझ ७ः३० बजेसम्म नगर सेवा संचालन गर्ने सहमति भएको छ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाकोे उपचार बस समिति गर्ने र सवै समयमा बसले विद्यालय सहुलियत दिने लगायतका विषयमा पनि सहमति भएको केन्द्रीय सदस्य ढकालले जानकारी दिए।

नगर बसको ठक्करबाट सोमबार साँझ नेवि संघका नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै हिजोदेखि विद्यार्थीहरु आन्दोलित भएका थिए।

विद्यार्थीहरुले आजपनि बिहानैदेखि पोखराका मुख्य चोक र क्याम्पस केन्द्रीत भएर प्रदर्शन गरेका थिए।

सहमतिपछि मृतक ढकालको आज नै दाहसंस्कार गरिदै छ। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्वाञ्जली व्यक्त गर्ने छन्। दिउँसो १ बजे पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट शव यात्रा शुरु गर्ने नेवि संघले जनाएको छ।मृतक ढकाल नेपाल विद्यार्थी संघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन्।

प्रदर्शनका क्रममा मङ्गलबार पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्रमा प्रहरी र विद्यार्थीवीच दर्जनौ पटक झडप भएको थियो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सृजना भएको थियो। अवस्थालाई नियन्त्रणमा लिनका लागिभन्दै प्रहरीले केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। प्रहरी र विद्यार्थीबीच दोहोरो झडपहुदाँ झण्डै विस जना विद्यार्थी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀