पोखरा, २४माघ। नागरिक समाज पोखराले पोखरा लेखनाथ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
पोखराका सार्वजनीक चासोका विषयप्रति नागरिक समाजले ध्यानाकर्षण गराएको हो। समाजका संयोजक रामबहादुर पौडलको नेतृत्व गएको टोलिले पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसिलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो।

६ बँुदामध्य पहिलो बुँदामा यसअघि असार २७ गते विभिन्न विषय समेटेर बुझाइएको २३ बुँदे ध्यानाकर्षणपत्रको कार्यन्वयनमा समेत ढिलाई भैरहेको गुनासो गरिएको छ।
ध्यानाकर्षणपत्रमा पोखराका विभिन्नस्थानबाट सेती नदीमा मिसाइएका मलमुत्रका ढल बन्द गर्न, पोखरालाई प्लाष्टिकका झोला र गिलासमुक्त घोषणा गरिएकोमा त्यसको कार्यन्वयनमा कडाई गर्न, नो हर्न जोन घोषणा भइसकेको अवस्थामा महानगरपालिकाभित्र गरिएको माइकिङ तत्काल रोक्न ध्यानाकर्षण गराएको छ।
त्यस्तै, शहरी क्षेत्रमा झुण्डाइएका विज्ञापन हटाउन तथा मोटरसाइकलमा लामा भ¥याङ लगायतका सामाग्रीको ओसारपसार बन्द गर्न र शहरी क्षेत्रमा देखिएका सडक बालबालिका, मगन्ते, जोगी र मानसिक सन्तुलन गुमाएकाहरुलाई अवास र खानपान सहितको सेल्टर व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइएको छ।
ध्यानाकर्षणपत्र बुझ्दै महानगरपालिकाका मेयर जिसिले नागरिक समाजले उठाएका सार्वजनीक चासोका विषयमा काम गर्ने प्रयास गरिरहेको बताए। तपाईहरुले उठाएका विषय महत्वपूर्ण छन् उनले भने – ‘काम गर्ने प्रयास गरिरहेको छु।’
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं