बिहानैदेखि आन्दोलन चर्कियो, आज यस्तो हुदैछ …….

बिहानैदेखि आन्दोलन चर्कियो, आज यस्तो हुदैछ …….

27718251_836906559830203_335713185_n

पोखरा, २४ माघ। नगर बसको ठक्करबाट नेवि संघका नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि विद्यार्थीले शुरु गरेको आन्दोलन आज पनि जारी छ।

विद्यार्थीहरुले बिहानैदेखि पोखराका मुख्य चोक र क्याम्पस केन्द्रीत भएर प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरुले आज बिहानैदेखि पोखरामा नगर बस संचालन हुन दिएका छैनन्।

मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै विद्यार्थीहरु आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्।

पोखराको पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा विरोधसभा गरिने नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। केन्द्रीय सदस्य ढकालका अनुसार, अब केहिबेरमा जिल्ला प्रहरी कार्यालयमा वार्ता शुरु हुदैछ।

प्रदर्शन र वार्ता सँगसँगै हुनेछ ढकालले भने – ‘दोषीमाथि कारवाही र उचित क्षतिपूर्ति नदिएसम्म आन्दोलन रोकिदैन।’

दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा पोखरामा मंगलबार दिनभर जसो नै प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्रमा प्रहरी र विद्यार्थीवीच दर्जनौ पटक झडप भएको थियो।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सृजना भएको हो। अवस्थालाई नियन्त्रणमा लिनका लागिभन्दै प्रहरीले केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। प्रहरी र विद्यार्थीबीच दोहोरो झडपहुदाँ केहि विद्यार्थी घाइते भएका छन्।

मृतक ढकाल नेपाल विद्यार्थी संघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन्। सोमबार साँझ नगर बसको ठक्करबाट उनको मृत्यू भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
18 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 17 Sep 2025 18:45 UTC
Latest change: 17 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.51down
Indian Rupee 
Indian Rupee
87.77down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.84
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
146.21down
US Dollar 
US Dollar
1
18 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 17 Sep 2025 18:45 UTC
Latest change: 17 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀