पोखरा, २३ माघ। नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्।
दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले धर्ना दिएका हुन्। प्रहरीले आफ्ना साथीहरुलाई धरपकड गरेकोभन्दै विद्यार्थीले त्यसको विरोधगर्दै नाराबाजी समेत गरेका छन्।
अब जिल्ला प्रहरी कार्यालय कास्की केन्द्रीत भएका छौं विद्यार्थी नेता समित केसीले भने – ‘प्रहरी प्रशासनलाई संयमित हुन आग्रह गर्दछौं।’
नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघका विद्यार्थी नेता बोधराज ढकालको मृत्यू भएपछि दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। ढकाल नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति पनि हुन्।
प्रदर्शनका क्रममा आज पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्रमा प्रहरी र विद्यार्थीवीच दर्जनौ पटक झडप भएको थियो। नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सृजना भएको हो। अवस्थालाई नियन्त्रणमा लिनका लागिभन्दै प्रहरीले केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले आज पोखराममा नगर बस संचालनमा समेत अवरोध गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच दोहोरो झडपहुदाँ केहि विद्यार्थीहरु घाइते भएको विद्यार्थी नेता दिनेश शर्माले बताए।
फोटो ः गण्डकन्यूज(अशोक बस्नेत)
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं