पोखरा, १९ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले आफुहरुको समस्यालाई बेवास्ता गरिएकोभन्दै आन्दोलनको चेतावनी दिएको छ।
समितिले चक्काजामदेखि पोखरा बन्दसम्म गर्ने चेतावनी दिदै आन्दोलनका कारण हुन क्षतिको सम्पूर्ण जिम्मेवार सम्वन्धित निकाय हुने जनाएको छ। समितिले शुक्रबार विज्ञप्ति प्रकाशित गरी समस्या समाधानका लागि सात दिनको अल्टिमेटम समेत दिएको छ।
झण्डै दुई हप्ता अघिदेखि सृजनाचोक, पृथ्वीचोक लगायतका क्षेत्रमा दोहोरो पार्किङ हटाएपछि आफुहरुको व्यवसाय ठप्प भएकोभन्दै व्यवसायी आक्रामक बनेका छन्। उनीहरुले व्यवस्थित दोहोरो पार्किङको व्यवस्था गर्न मागगर्दै आएका छन्।
आफुहरुको समस्या बारेमा पोखरा लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघलाई जानकारी गराएपनि ती निकायले समस्या समाधानका चासो नदेखाएको गुनासो गरिएको छ।
पार्किङ हटाएपछि व्यवसाय सुन्य प्रायः भएको छ समितिका संयोजक बोधराज सुवेदीले भने – ‘यस्तै अवस्था रहिरहे व्यवसाय बन्द नै गर्नुपर्ने अवस्था आउन सक्छ।’ उनले व्यवस्थित पार्किङको व्यवस्था गरी पोखरालाई व्यवस्थित पर्यटकीय शहर बनाउन आफुहरुको सहयोग रहने बताए।
समितिले बजार क्षेत्रमा पार्किङगर्दा ट्राफिक प्रहरीले एक हजार देखि पन्ध्र सयसम्म जरिवना लिएर तानाशाही व्यवहार प्रस्तुतगर्दा सवारी अवागमनमा कमी आई उपभोत्ताको चहलपहल घटेको उल्लेख गरेको छ।
समितिले न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुलमा जस्तै दोहोरो पार्किङको व्यवस्था गर्न तथा कुनै क्षेत्रलाई काखा र कुनै क्षेत्रलाई पाखा गर्ने काम बन्द गर्न माग गरेको छ। साथै ट्राफिक प्रहरीले ज्यादती गरेकोभन्दै चर्काे जरिवना गर्ने काम रोक्न पनि माग गरेको छ।
यसअघि समितिले बुधबार बजार क्षेत्रमा दोहोरो व्यवस्थित पार्किङ व्यवस्था गर्न मागगर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ को कार्यालयलाइ ज्ञापनपत्र बुझाएको थियो।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं