पोखरा, १९ माघ। स्याङजा फेदीखोला गाउँपालिका वडा नं ५ बांगेफड्केका युवा पण्डित देवनयन नारायण लामिछानेले सत्संकल्प गरेको राष्ट्रशान्ति मानवीय मैत्री श्रीमद्भागवत् १०८ विराट महायज्ञको समापन पोखरामा गरिने भएको छ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पुष्करेश्वर शिव मन्दिरमा अन्तिम महायज्ञ गरी समापन गर्न लागिएको हो। पुष्करेश्वर शिव मन्दिर संचालक समितिको व्यवस्थापनमा माघ २१ देखि फागुन २ गतेसम्म १०८ औ महायज्ञ गरी विराट महायज्ञ समापन गरिने छ। महायज्ञमा बिहान पाँचदेखि राति १० बजेसम्म विविध धार्मिक गतिविधि गरिनेछ।

१०८ महायज्ञ लगाउने संकल्प गरेका युवा पण्डित लामिछानेले यसअघि ३३ जिल्लामा एक सय ७ वटा महायज्ञ गरिसकेका छन्। संकल्प गरे अनुसार, अन्तिम महायज्ञ गर्नका लागि पोखरा रोजेको छु पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘महायज्ञमा सहभागिताका लागि सवैलाई अनुरोध गर्दछु।’
उनले धार्मिक जागरणका लागिभन्दै ०६८ माघमा स्याङ्जाको बयरघारी राधाकृष्ण मन्दिरबाट १०८ विराट महायज्ञ अभियान शुरु गरेका थिए।
उनले आफुले लगाएको महायज्ञ अरु महायज्ञ जस्तो विकासका लागि रकम संकलन गर्ने उदेश्यले गरिएको अर्थयज्ञ जस्ता नभएको स्पष्ट पारे। स्वस्फुर्त गरिएको दानबाट जे जति रकम जुट्छ त्यसैबाट महायज्ञ सम्पन्न गरिने उनको भनाई छ।
यो महायज्ञमा दान दिनेलाई दोसल्ला ओढाउने, मञ्चमा राखेर सम्मान गर्ने र सम्मानमा तालि बजाउन लगाइदैन युवा पण्डित लामिछानेले भने – ‘यो धार्मिक यज्ञ हो, भागवत्का लागि भागवत्कै यज्ञ हो।’ महायज्ञसँगै एक करोड दिप प्रज्जवलन गरिने छ।
उनले अहिलेसम्म विकासका लागि गरिएका महायज्ञमा भागवत् वाचन नभएको टिप्पणी गरे। ती महायज्ञको उदेश्य अर्थ संकलन भएकाले अर्थ संकलन गर्न मात्र प्राथमिकता दिइएको उनको भनाई छ।
महायज्ञ सम्पन्न गर्नका लागि मन्दिर संचालक समितिका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा एक सय आठ सदस्यीय यज्ञ व्यवस्थापन समिति गठन गरिएको प्रचार संयोजक राममोहन आचार्यले जानकारी दिए।
यज्ञ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलन सचिव सरोजनारायण बरालले संचालन गरेका थिए।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं