पोखरा, १८ माघ। नेपाली काँग्रेस कास्कीले काँग्रेस नेता एवं प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई धम्क्याउने गिरोहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ।
कास्की काँग्रेसको बिहीबारको बैठकले रकम असुल्ने नियतले सांसद थापालाई धम्क्याउने गिरोह समेत पक्राउ भैसकेकोभन्दै कडा कारवाही गर्न माग गरेको हो।
बैठकले कुनै पनि बहानामा गिरोह उम्कन नसक्ने गरी कारवाही प्रक्रिया अघि बढाउन प्रशासनको ध्यानाकर्षण गराएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। बैठकले सांसद थापाको सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन अनुरोध गरेको छ।
साथै बैठकले प्रदेशको राजधानी पोखरामा यस्ता गतिविधि हुनु निन्दनिय भएकोभन्दै आमनागरिकको जीउ÷धनको सुरक्षामा विशेष ध्यान दिन प्रशासनको ध्यानाकर्षण गराएको छ।
बैठकले केन्द्रीय कार्यसमितिको माघ ७ को परिपत्र अनुसार, गाउँ, नगर र क्षेत्रीय समितिलाई निर्वाचन केन्द्रीय भएर समीक्षा गरी जिल्ला कार्य समितिको फागुन ५ गतेको बैठक अगावै प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
त्यस्तै, बैठकले २४ गतेको राष्ट्रिय सभा निर्वाचनमा चार नम्बर प्रदेशका उम्मेदबार सुरेन्द्र पाण्डे, बृन्दादेवी राना र जीतबहादुर नेपालीलाई विजयी गराउनका लागि अग्रसर बन्ने र क्षेत्रीय कार्यसमिति मार्फत क्रियाशील सदस्यता प्रमाण पत्र वितरण गर्ने निर्णय गरेको छ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं