नेवि संघले क्याम्पस प्रशासनलाई चेतावनी दिदै यसो भन्यो

नेवि संघले क्याम्पस प्रशासनलाई चेतावनी दिदै यसो भन्यो

nsu

पोखरा, १६ माघ। नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले बुधबार पृथ्वीनारायण क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएको छ।

पाँच बुँदे माग सहित क्याम्पसमा भैरहेको आमरण अनसनप्रति गम्भिर बन्न मागगर्दै नेवि संघले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा क्याम्पसका समस्या समाधान र विधिको मागगर्दै अनसन बसेका विद्यार्थीको जायज मागलाई यथाशिघ्र पूरा गर्न प्रशासनको ध्यानाकर्षण गराइएको छ। ज्ञापन पत्रमा विद्यार्थीका जायज मागप्रति बेवास्ता गरेमा जस्तो सुकै कदम चाल्ने समेत चेतावनी दिइएको छ।

क्याम्पसका इकाइ सभापति दीपक शर्मा वाग्ले र स्ववियू सभापतिका प्रत्यासी उम्मेदवार रेशम हमालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा केहि राजनीतिक दल र विद्यार्थी संगठनको इशारामा क्याम्पस प्रशासनले विद्यार्थी हित विपरित र मनोमानी कार्य गर्ने गरेको उल्लेख छ।

पिएन क्याम्पसमा आईतबारदेखि विज्ञान संकाय तेश्रो बर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौंथो बर्षका विद्यार्थी कृष्ण अधिकारी आमरण अनसन बसिरहेका छन्। उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिन थालेपछि नेवि संघले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको हो।

नयाँ शक्ति विद्यार्थी युनियनका ति विद्यार्थीले विभिन्न पाँच बुँदे माग राख्दै आमरण अनसन जस्तो कठोर आन्दोलनमा उत्रेका हुन्।

स्वर्ण जयन्ति स्मृति भवनमा भएको अनियमितता छानविन गरी दोषीउपर कारवाही गर्नुपर्ने, क्याम्पसको हालसम्मको बार्षिक आम्दानी÷खर्च सार्वजनीक गनुपर्ने र राजनीतिक भागवण्डाको अन्त्य गर्नुपर्ने लगायतका माग राखेका छन्।

विभिन्न चरणमा आन्दोलनहरु गर्दा पनि क्याम्पस प्रशासनले सुनुवाई नगरेकाले पाँच बुँदे मागहरु राख्दै आमरण अनसन बस्नु परेको उनीहरुको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀